अहिले केमा व्यस्त हुनुहुन्छ ? हप्ताको तीन दिन रेडियोलाई दिन्छु, बाकी समय आफ्नो र अरुको कलेक्सन गीत रेकर्डमा व्यस्त हुन्छु  साथै एडको लागी स्वर पनि दिइन्छ । तपाईको दिनको सुरुवात कसरी हुन्छ ? विहान अलिक ढिलै उठ्छु म । नित्यकर्म सकेर भोकल वार्मअप गराउछु । त्यसपछि व्यायम गर्छु । खाना आफ्नो लागी आफै पकाउछु । एल्बमको तयारीमा हुनुहुन्छ कि ? अहिले कलेक्सन गीतहरु रेकर्ड गराउने योजनामा छु । सायद यही गीतहरु पाँचौ एल्बममा राख्न सक्छु । योजना चाही छ तर ढिलो चाडो भनेको भइहाल्छ । तपाई कुन प्याटनको गायीका ? अहिलेको अवस्थामा म चर्चित पनि होइन, हराइसकेको पनि होइन । गीत गाइरहेको छु । मलाई हिट चाही पप गीतले बनायो तर आवाजमा म भर्सटाइल गायीका हु । सांगीतिक क्षेत्रमा कमाइ कस्तो छ अहिले ? मेरो आफ्नो कुरा गर्नुपर्दा म सन्तुष्ट छु । पहिले–पहिले नविन के. भट्टराई दाइहरुको पालामा एउटा एल्बम हिट हुदा घर, गाडी किन्न सक्ने अवस्था थियो । जुन समयमा म चर्चामा थिए त्यो समयमा कमाई त्यो अनुसार थिएन तर अहिले फेरी सांगीतिक क्षेत्रमा पहिलेको समय फर्किएको छ । अहिलेसम्म कुन–कुन देश पुग्नुभएको छ ? हङकङ, युके, सिंगापुर, कतार, मलेसिया, दुबइ, अष्टूेलिया, भारतसम्म पुगेर म्युजिक पर्फम गर्ने अवसर पाएको थिए । पाश्र्व गायनमा रुचि कत्तिको छ ? छ, फिल्म क्षेत्र भनेको सांगीतिक क्षेत्र भन्दा एकदमै अलग छ । रुचि छ, क्षमता पनि छ तर त्यहि अनुसारको अवसर कम छ । फस्ट किस कसलाई ? सानोमा मेरो भाईलाई । तपाईको विचारमा लभ भनेको के हो ? माया धेरै प्रकारको हुन्छ, परिवारलाई गर्ने माया, पे्रमीलाइ गर्ने माया, यत्ति हो मेरो विचारमा माया एकपटक मात्र होइन पटक पटक हुन सक्छ । तपाईको वैवाहिक जीवन असफल हुनुको कारण ? हामी दुई धारका व्यक्तिहरु भयौ । बिचार मिल्दैन थियो, विवाह अगाडी पनि यस्तो हुन्थ्यो विवाह पछी सबै कुरा मिल्दै जान्छ भन्ने लागेको थियो तर त्यस्तो भएन । रिलेसनसिपमा हुनुहुन्छ कि छैन ? म अहिले सिंगल छु र एकदमै खुसी छु । सधैभरी सिंगल नै रहिरहन्छु चाही म भन्दिन । जीवनसाथीको आवश्यकता पर्छ । प्रपोजहरु धेरै नै आउछ तर मन मिल्ने आफुले सोचेजस्तो भएमा भन्न सकिन्न । फुर्सदको समयमा के गर्न रुचाउनु हुन्छ ? फिल्म हेर्न मलाई मनपर्छ । कमेडी फिल्महरु धेरैनै हेर्छु । समय मिलेमा साथीहरुसँग घुम्न जान रुचाउछु । फेसनमा कतिको रुचि छ ? सिम्पल छु । वास्तमा भन्ने हो भने  फेसनमा म एकदम खत्तम छु । तर समयले अहिले फेसन गर्न सिकाउदैछ । के बिना बस्न सक्नहुन्न ? फोन बिना म एकछिन पनि बस्न सक्दिन । मेकअपसको लागी कुन ब्राण्ड मनपर्छ ? आफुलाई सुहाउने ¥याब्लोन, ओले, ओसिया लगायत आफुलाई सहज हुने सामान प्रयोग गर्छु । विवाह भन्दा अगाडीको यौन सम्बन्धलाई कसरी हेर्नुहुन्छ ? अहिले समय धेरै नै चेन्ज भइसक्यो । नराम्रो भन्नु कि राम्रो भन्नु उम…., यसलाई के भन्ने सायद समयको माग होला ।