[caption id="attachment_29792" align="alignleft" width="280"] फायल फाेटाे[/caption] काठमाडौं/तमिलनाडु विधानसभामा हिंसक झडप र तोडफोडका बीच मुख्यमन्त्री पलनीसामीले विश्वासको मत जितेका छन् । झडप र तोडफोडका कारण विधानसभाको कारबाही दुई पटक स्थगित गर्नु परेको थियो ।

विपक्षी कांग्रेस, डीएमके र पलनीसामी समूहले गोप्य मतदान माग गरेका थिए । तर, सभामुखले यो माग खारेज गरेपछि विधानसभामा तोडफोड भयो ।

पलनीसामीले विधानसभाको विशेषसत्रमा ध्वनीमतका आधारमा विश्वासको मत जिते । उनलाई १२२ सांसदको समर्थन थियो भने ११ विपक्षमा उभिएका छन् । पलनीसामीले बिहीबार मुख्यमन्त्रीको सपथ लिएका थिए । र, १३४ सदस्य रहेको विधानसभामा उनलाई ११७ विधायकको समर्थन आवश्यक थियो । विधानसभाका अध्यक्षका अनुसार झडपका क्रममा उनको सर्ट च्यातिएको छ । विधानसभामा अराजक स्थितिका बीच आफू अपमानित हुनु परेको उनले बताए । विधानसभाको कारबाही स्थगित गर्नु अघि उनले डीएमकेका सदस्यहरुलाई बाहिर जान आदेश दिए । यसले फेरि सदनमा हंगामा सुरु भएको थियो । डीएमकेका नेता एमके स्टालिनले भने सभामुख आफैंले आफ्नो सर्ट च्यातेको दाबी गरेका छन् । विधानसभा अध्यक्षको टेबलमा राखिएको माइक भाँचिएको छ भने अध्यक्षको आसनमा डीएमकेका सांसद गएर बसे ।