अहिले तपाईले कतिवटा फिल्महरुमा काम गर्दै हुनुहुन्छ ?

ठ्याक्कै यो समयमा मेरो हातमा कुनै फिल्म छैन, किनभने चार  महिनाको लामो समय अमेरिकामा मेरो बसाइ भयो । कति निर्मातालाई त थाहै छैन म नेपाल आएको कुरा त्यसैले पनि होला तर चाँडै एउटा फिल्म रिलिज हुदैछ ।

कुन फिल्म कहिले रिलिज हुदैछ ? प्रकाश आङ्देम्बेको देश खोज्दै जाँदा  केही महिनामै रिलिज हुँदैछ । युरोप, अमेरिका लगायतका देशहरुमा प्रदर्शन भइसक्यो । कस्तो फिल्मको पर्खाइमा हुनुहुन्छ ?  लगभग १५–१६ वटा फिल्महरु खेलिसकियो । इमेज बनाइसकेको छु । अब चाहिँ मार्क हुनेखालको फिल्म खेल्छु । नेगेटिभ, पोजेटिभ, धनी, गरिब जस्तो भए पनि लिड रोलभन्दा पनि इफेक्टिभ रोल गर्न चाहिरहेछुु । यता साङ्गीतिक यात्रा कस्तो हुदैछ ? आफ्नो सँगै अरुको गीतहरु रेकर्ड गरिरहेको छु । बेला–बेलामा स्टेज प्रगामहरु भइरहेका छन्, मेरा नयाँ गीतहरु ‘अमेरिका बाबु मेड इन नेपाल’ र ‘आयौ जीवनमा’ चाँडै भिडियोसहित बजारमा ल्याउँदै छु  । चौथो एल्बमको रेस्पोन्स कस्तो आयो ? सूर्यको त एकै राप हुँदैन भने म्युजिकल यात्रा पनि त्यस्तै हो । पछिल्लो समयको  तुलसी आँगनमा, जब साँझ पर्छ जस्ता गीतहरु हिट भइरहेका छन् । एल्बमको पनि राम्रै रेस्पोन्स आइरहेको छ । तर साननानी, जमुना जस्ता गीतहरुले बजारमा जस्तो छाप छाड्यो त्यस्तो छैन । हरेक गायक नायकको लागि सुपरहिट हुनुभन्दा पनि कन्टिन्युटी दिनु ठूलो कुरा हो । व्यतिगत कुराहरु मिडियासँग लुकाउन खप्पिस हुनुहुन्छ नि ? हा....हा...हा.. त्यस्तो होइन, मेरी श्रीमती मिडियामा आउन चाहँदिनन् । तीन वर्षअगाडि फेसबुकमार्फत् चिनजान भएको हो । आफूलाई मन परेको पछि बुझ्दै जाँदा साथीको बहिनी रहेछ । परिवारबीच कुराकानी भयो र विवाह गरियो । अहिले ६ महिनाको छोरा पनि छ । उसकै नामबाट एल्बम् निकाल्ने तयारी भइरहेको छ । ल भन्नुस् अब कुन कुरा लुकाउनु बाँकी छ ? पूर्वेली कलाकार प्रकाश ओझाको घटनाले तपाईंलाई प्रभाव परेको छ कि छैन ? शिक्षित र बुझ्ने श्रोता, दर्शकले एकले गरेको कुरालाई सबै दोषी हुन् भन्दैनन् । हरेक संगठन संस्थाहरुमा विभिन्न व्यक्तिहरु हुन्छन्, सबैको बानी व्यवहार कहाँ एक हुन्छ र १ आजभोलि अमेरिका आउने–जाने क्रम बढेको छ, पलायन हुने तयारीमा हो ?  होइन, परिवार अमेरिका, काम नेपालमा भएर यो क्रम बढिरा’छ । पलायन हुनेभन्दा पनि बिजनेस गर्ने प्लानिङमा छु ।

कस्तो बिजनेस ? अहिले योजनामा मात्र छु, काम सुरु भएको छैन । मे बि फिल्म क्षेत्रमा लगानी गर्न सक्छु ।