१. युरोपबाट चाँडै फर्किनुभयो नि ? यस्तो भयो एकमहिनाको समयको लागि छक्का पञ्जाको प्रमोसनलमा हामी गएका हौं । पाइरेसीको कुरा युरोप जानुपहिले नै सुल्झाएको पनि हो । युट्युबमा भाइरल भएपछि प्रमोसनलमा हिँड्नुको कुनै अर्थ पनि रहेन । फेरि आत्महत्याको कुराले लागेको आरोप सुल्झाउनु पनि थियो ।  त्यसैले हामी फर्कियौं ।

२. साढेसातको दसा लागेको हो ? ज्योतिषशास्त्रमा कतिको विश्वास लाग्छ ? लाग्छ, धेरथोर विश्वास छ । सबै सुल्झाउन खोजेको पनि हो तर यो के भयो–भयो खै के भन्ने ! साढेसात लागेकै जस्तो छ ।

३. सामाजिक सञ्जालमा छक्का–पञ्जाको खुब टिप्पणी भैरहेको छ ? मैले पनि हेरिरहेको छु । हलहरूमा चलुञ्जेल त्यस्तो कुराहरू थिएन । हामीले अनुमान लगाउन सक्छौं । युट्युबमा टोटल भ्युजहरूमध्ये धेरै कम मात्रामा टिकाटिप्पणी भैरहेको छ । गुलियो मात्र स्वीकार्ने होइन, तीतोलाई पनि आत्मसात गर्नुपर्ने रहेछ । यसलाई नकारात्मक रूपमा होइन, सकारात्मक नै लिएको छु ।

४. छक्का–पञ्जाले जति कमाइ गरे पनि दीपक दीपाको हातमा मात्र लगानी उठ्यो भनेर अन्तर्रा्ष्ट्रिय फिल्म फेस्टिवलमा चर्चा चलेको थियो, कुरा के हो ? हो, जति मिडियामा फिल्मले यति कमायो उति कमायो भनेर चर्चामा छ । त्यसमा केही सत्यता पनि छ । शेयर बाँडफाँडमा केही समस्या छ । सुधार आउनु पर्छ । अहिलेकोे अवस्थामा हलवालाहरूले मात्र कमाइ गरिरहेका छन् । नेपालमा हलवाला र निर्माता, निर्देशकबीचको सम्झौतामा केही सुधार हुनुपर्छ भनेर छलफल भइरहेको छ । आशा छ, चाँडै नै यो समस्याको हल हुनेछ ।

५. अन्य समयमा तपाईहरूको जोडीले चर्चा पाउँथ्यो, यसपटक आत्महत्याको कुराले चर्चामा हुनुहुन्छ नि ? नाम सँग–सँगै केही बदनामहरू आउँछन् । केही दुश्मन पनि जन्मिन्छन् । फसाउन खोज्नेहरू पनि निस्किन्छन् । नाम भएकोले बदनाम गर्न खोजिएको हो । नराम्रो घटनाले राम्रो पाठ सिकाएको छ ।

६. आत्महत्याको कुरालाई लिएर मलाई फसाउन षड्यन्त्र भइरहेको छ भन्नुभएको छ, कुरा के हो स्पष्ट पारिदिुस् न ? नाम चलेको मान्छे भनेको सेतो सर्ट जस्तै हो, दाग लगाउन चाहन्छन् । मैले आफ्नो सामान हरायो भनेर सामान्य कम्प्लेन मात्र गरेको हुँ । मान्छे पछि पत्ता लाग्यो सम्झाई–बुझाई गरेको मात्र हो । परिवारबाट कहीँ कतैबाट केही दबावहरू आएका छैनन् । आत्महत्या हो भनेर पुष्टि भइसकेको छ । युवाहरूलाई म यही सुझाव दिन चाहन्छु । केही क’रा नबुझी सामाजिक सञ्जालमा शेयर नगरौं, यसले ठूलो समस्या उब्जिन सक्छ ।

७. राजनीति गर्नेले हँसाउन थाले, हँसाउनेले देश बनाउन थाले रे हो ? सबै नागरिकको आ–आफ्नै जिम्मेवारी छ । सबै खराब हुँदैनन् । केहीमा कोही भए भन्दैमा सबैलाई दोष लगाउन मिल्दैन ।

८. छक्का–पञ्जामा तपाईको रोलको प्रतिक्रिया कस्तो आयो ? सबैले राम्रो नै भन्नुभएको छ । एक्टिङ राम्रो लाग्यो रे सायद मेरो बडी ल्याङ्ग्वेजसँग मिलेर होला । सबैले तारिफ नै गर्नुभएकाे छ ।

९. टेलिभिजन छाड्भुएको हो ? होइन, केही समयलाई ब्रेक लिएको हुँ ।

१०. अर्को फिल्म बजारमा कहिले आउँदैछ ? अर्को लभस्टोरी, कमेडी बेसमा ‘निरञ्जना’ फिल्म तयारी हुँदैछ । दसैंतिर प्रदर्शन हुन्छ ।