अनिश्चित स्थानीय निकाय बन्द तरहरा (सुनसरी) /स्थानीय निकायमा कार्यरत कर्मचारीहरुले स्थानीय निकायका सम्पूर्ण काम ठप्प पारी आन्दोलनमा उत्रिएका छन । विभिन्न आधा दर्जन भन्दा बढि माग राख्दै देशभर स्थानीय निकायका कर्मचारीहरुले काम ठप्प पारेको हुन । स्थानीय निकायका कार्यलयहरु आईतवार देखि वन्द गरीएको छ । [caption id="attachment_28965" align="alignnone" width="1024"] तस्बिरः धनबहादुर पुरी[/caption] सरकारले आन्दोलनको कार्यक्रममा वेवस्ता गरेको भन्दै स्थानीय निकायका पाँच संगठनले सोमवार देखि थप नायँ कार्यक्रमको घोषणा गरेको हो । गाविस कर्मचारी संघ,नेपाल नगरपालीका एसोसियसन,स्थानीयनिकाय कर्मचारी संघ,राष्ट्रिय कर्मचारी संगठन ,स्थानीय निकाय लगायले सोमवार देखि आन्दोलनलाई थप कडा वनाउँने निर्णय सहित थप आन्दोलनको कार्यक्रम घोषणा गरेको नगरपालीका कर्मचारी एसोसियसन नेपालका केन्द्रिय उपाध्यक्ष संजिव खड्काले वताए । सरकारले स्थानीय तह सञ्चालनका लागि कर्मचारी व्यवस्थापन गर्दा स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई अन्याय हुने गरी व्यवस्था गर्न लागेको भन्दै गरेको आन्दोलनका कारण आईतवार पूर्वका सम्पूर्ण स्थानीय निकाय ठप्प भएको हो । आईतवार नै काठमाण्डौ स्थित रिपोर्टस क्लवमा भएको पत्रकार सम्मेलन गरी स्थानीय निकायमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई फागुन २ गते देखि कार्यलय प्रवेश रोक्नुको साथै उनीहरुले प्रयोग गदै आएको सवारी साधन समेत खोस्ने स्थानीय निकायका कर्मचारीहरुले वताएका छन । स्थानीय निकाय कर्मचारी संगठनका अध्यक्ष हरिकुमार श्रेष्ठ, नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय निकायका अध्यक्ष सुजिन्द मर्हर्जन,नेपाल नगरपालीका कर्मचारी एसोसियसनका अध्यक्ष हिमप्रासद पौडेल,गाविस कर्मचारी संघका अध्यक्ष विक्रम मर्हजन स्थानीय विकास कर्मचारी युनियनका पार्षद दिपकुमार केसीले सयुक्त बैठक गरी आन्दोलनको कार्यक्रहरु घोषणा गरेको हुन । स्थानीय तहको संरचनामा कर्मचारी व्यवस्थापन र कर्मचारी समायोजन गर्दा स्थानीय निकाहरु महा/उपमहा/नगरपालिका तथा गाउँ विकास समितिको कार्यालयमा कार्यरत कर्मचारीहरुलाई प्राथमिकता राखी व्यवस्थापन र समायोजन गरी नपुग जनशक्ति मात्रै निजमाती सेवाबाट पठाईने व्यवस्था गरिनुपर्ने, दक्ष एवं क्षमतावान कर्मचारीहरुलाई प्रदेश तथा संघीय सरकारका माथिल्ला पदहरुमा हुने प्रतियोगितामा सहभगि हुने अवसर खुल्ला गरिनुपर्ने, माग राख्दै चरणवद्ध आन्दोलित भईरहेको नगरपालीका कर्मचारी एसोसियसन पूर्वाअञ्चल संयोजक पुण्य ढकालले वताए । उनले भने हामी पूर्वमा पनि आन्दोलनलाई थप कडा वनाउँदै छौ । स्थानिय निकायमा कार्यरत कर्मचारीहरुलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन र समायोजन गरि नपुग जनशक्ति मात्रै निजामती सेवाबाट आपुर्ति गर्नु पर्ने, कर्मचारीहरुको तह÷श्रेणी मिलान गर्दा जेष्ठता, योग्यता, एवं कार्य सम्पादनका आधारमा जिम्मेवारी प्रदान गर्दै दोहोरो कर्मचारी तन्त्र रहने व्यवस्थाको अन्त्य गरिनुपर्ने माग कर्मचारी नेताहरुले राखेका छन । प्रदेश तथा संघीय सरकारको माथिल्लो पदहरुमा हुने प्रतियोगितामा सहभागी हुने अवसर खुल्ला गरिनुपर्ने, सम्पूर्ण दरबन्दीहरु लाई प्रदेशस्तरमा एकीकृत तथा एकत्रित गरी निश्चित प्रणालीका आधारमा पदस्थापन र सरुवा गर्ने व्यवस्था गरिनुपर्ने, लगायतका मागहरु राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन ।