इटहरी/इटहरी– धरान सडक खण्ड अन्तरगत इटहरीको हलगडामा सडक दुर्घटनामा एक महिलाको मृत्यू भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीका अनुसार दिउँसो १२ बजेतिर को १ च ९८४२ नम्वरको पिकअप भेनको ठक्करबाट ५२ वर्षीय इटहरी–५ कि प्रेमकुमार ठकुरीको मृत्यू भएको हो । सडक पार गर्ने क्रममा ती महिलालाई इटहरीबाट धरान तर्फ जाँदै गरेको पिकअप भेनले ठक्कर दिएको र उनको घटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । पिक अप भेन र चालक मोरङ लेटाङका दिपक श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको पनि इलाका प्रहरी कार्यालय इटहरी डिएसपी सुवेदीले जानकारी दिए ।