धरान/प्रजातान्त्रिम मान्यता भन्दा बाहिर गएको भन्दै राप्रपाका सुनसरी एक नम्बर क्षेत्रीय सहसचिवसहित २१ जनाले पार्टी परित्याग गरेका छन् । राप्रपाका क्षेत्रीय सह सचिव पासाङ शेर्पा लगायत वडा नम्बर ३ का अधिकांस सदस्यहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । सह सचिव शेर्पाले पार्टीको फागुन ५ र ६ गते हुन लागेको केन्द्रीय महाधिवेशनको लागि नगर, क्षेत्र र जिल्लाबाट केन्द्रमा पठाउने केन्द्रीय पाषर्दको लागि सदस्यहरुलाई जानकारी नगराई छनौट गरेको बताए । ‘पार्टीले प्रजातान्त्रिक मान्यता भन्दा बाहिर गएर काम गरेकाले पार्टी परित्याग गरी स्वतन्त्र बस्ने घोषणा गरेका छौं ।’ उनले भने । तर, यसविषयमा केन्द्रीय सदस्यसमेत रहेका धरानका हरिकृष्ण श्रेष्ठले केन्द्रीय पाषर्दमा कस्लाई पठाउने भन्ने विषयमा सहसचिव शेर्पाले माइन्युटमा सही गरिसकेको बताए । उनले इच्छा हुनु स्भाविकै भएको बताउँदै सबै नर्पन सक्ने उनले बताए । त्यस्तै क्षेत्रीय अध्यक्ष लक्ष्मण बस्नेतले केन्द्रको लागि आदिवासी, जनजाति, महिला सबैबाट छनौट गरेकाले कसैलाई नलाने नियत नभएको बताए । क्षेत्रीय समितिबाट ९ जना महाधिवेशनको लागि जान पाउने नियम छ ।