बीबीसी/भारतीय प्रहरीले जयपुरमा एक बच्चाको यौन शोषण गर्ने एक शिक्षकबाट प्रहरीले ७७ अश्लील भिडियो क्लिप वरामद गरेको छ । प्रहरीले ११ पीडित बच्चाको पहिचान पनि गरेको जनाएको छ । यी पीडित बच्चाहरु ट्युशन पढ्नका लागिड शिक्षकसँग आउने गरेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा बच्चाको अश्लील क्लिप भाइरल भएपछि प्रहरीले अभियुक्त रमीजलाई गिरफ्तार गरेको बीबीसीले जनाएको छ । बच्चाको यौन शोषणको मामला सार्वजनिक भएसँगै स्थानीयले प्रदर्शन गरेका छन् ।