धरान/कोशी लोकमार्ग अन्तर्गत इटहरी–२२ पानीपियामा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार राति साढे ७ बजेतिर एक व्यक्तिको मृत्यु भएको छ । इटहरीबाट धरान तर्फ आउँदै गरेको को २५ प ६६३३ नम्बरको मोटरसाइकललाई विराटनगर जाँदै गरेको ना ३ ख ६०१२ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालक धरान–११ मंगलबारेका ३५ वर्षीय गौरराज सुनारको मृत्यु भएको हो । उनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । त्यस्तै मोटरसाइकलमा सवार घुर्मी–३, खोटाङका ५० वर्षीय सहरमान बिक गम्भिर घाइते बनेका छन् । उनको टाउँको तथा शरीरका विभिन्न भागमा चोट लागेको बीपी प्रतिष्ठान प्रहरी पोष्टका प्रमुख सई तिलक गिरीले जानकारी दिए । मृतक सुनार सहरमानका ज्वाई हुन् । सहरमानलाई शनिबार राति नै थप उपचारको लागि विराटनगरको न्युरो हस्पिटल लगिएको छ । बसका चालक फरार छन् ।