पाल्पा/ तानसेन नगरपालिका–१२ सालघारीमा बुधबार राति ८ः३० बजे ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन–१२ सालघारीमा खाद्यान्न बोकेको लु ३ त ६५२ नंको ट्रयाक्टर दुर्घटना हुँदा तानसेन नगरपालिका–१२ का २८ वर्षीय ट्रयाक्टर चालक विकास सारु (गोरे) को घटनास्थलमै मृत्यु भएको छ । शवपरीक्षणका लागि जिल्ला अस्पताल तानसेनमा राखिएको छ । ट्रयाक्टर ब्याक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।