धरान /पाल्पाको दोभान–३ स्थित श्रीडाँडामा जन्ती बाकेको जीप दुर्घटना हुँदा गएराती ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।पाल्पा प्रहरीका अनुसार लु १ ज २६८९ नम्बरको जीप गएराती साढे ८ बजेतिर दुर्घटना हुँदा जसविर बकावल मगर, मिन बहादुर थापा मगर, यम बहादुर राना र हरि बहादुर रानाको घटनास्थलमै मुत्यु भएको हो । मृतकहरु सबै दोभान २ देउरालीका हुन् ।

प्रहरीका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाईते मध्ये ४ को अवस्था गम्भीर रहेको बताइएको प्रहरीले जनाएको छ । बेहुलाबेहुली भने अर्कै गाडीमा भएका कारण दुर्घटनाबाट बचेको बताईएको छ ।जिप सडकबाट तिनसय मिटर तल खसेको बताइएको छ ।