Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • प्रविधि
  • आफ्नालाई शिक्षक बनाउन उत्तरपुस्तिका फेरबदल

आफ्नालाई शिक्षक बनाउन उत्तरपुस्तिका फेरबदल

alt
  • माघ २४, २०७३
  • ब्लाष्ट खबर
जाजरकोट/ आफू निकटका व्यक्तिलाई शिक्षक नियुक्ति गर्न उत्तरपुस्तिका नै फेरबदल गरिएको छ । जुर्क दहस्थित अमरज्योति आधारभूत प्राथमिक विद्यालयको प्राथमिक तह राहत शिक्षक नियुक्तिमा त्यस्तो भएको हो ।

विद्यालय निरीक्षक धनञ्जय आचार्य, प्रधानाध्यापक कैलाश साहलगायतको मिलेमतोमा पुस्तिका फेरबदल भएको परीक्षार्थीको आरोप छ । शिक्षक नियुक्तिका लागि विद्यालयले गत शुक्रबार जिल्ला शिक्षा कार्यालयमै लिखित र मौखिक परीक्षा सञ्चालन गरेको थियो । सहभागी ११ मध्ये सर्पे तिरुवा, शोभा बुढा, पूर्णबहादुर घर्ती र खिमबहादुर खड्का लिखितमा सफल भए । तिरुवाले लिखित तथा मौखिक परीक्षामा सबैभन्दा बढी ५० अङ्क ल्याए । घर्तीले ४६ पाए । प्रअ साह, निरीक्षक आचार्य र विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीना घर्तीलगायतको मिलेमतोबाट रातारात उत्तरपुस्तिका नै परिवर्तन गर्ने काम भयो । परीक्षार्थी घर्तीको प्राप्ताङ्क सर्पेको भन्दा केही बढी गराएर फर्जी काम भएको खुलेको छ । लिखित र मौखिकको अङ्क जोडेको मुचुल्कामा सबैले हस्ताक्षर गर्दासम्म सबैभन्दा बढी अङ्क आफ्नै भएको परीक्षार्थी सर्पेले बताए । “परीक्षाफल प्रकाशनको मुचुल्का भइसकेपछि कोठातर्फ लागियो, राति त घर्ती उत्तीर्ण भएको सूचना आयो” – उनले भने । सर्पेले परीक्षा सञ्चालनमा जिम्मेवारी लिएका सम्बन्धित पक्षले घर्तीलाई शुक्रबार राति नै पुनः परीक्षा दिनलगाई अर्को उत्तरपुस्तिका तयार गरेर मुचुल्कासमेत बदलेको आरोप लगाए । ती सबैको मिलेमतोमा भेरीमालिका नगरपालिका–१३ कुदुस्थित एक होटलमा अर्को उत्तरपुस्तिका र मुचुल्का तयार भएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेमबहादुर शाहीले बताए। परिवर्तन गरेको उत्तरपुस्तिका प्रधानाध्यापक साहले नै राखेको र निरीक्षक आचार्य, विषय विशेषज्ञलगायतको सहमतिमा उक्त कार्य भएको घर्तीले स्वीकारे । विद्यालयले विषय विशेषज्ञका रूपमा शिक्षक वीरबहादुर शाही र बिना शाहीलाई मनोनयन गरेको थियो । जिल्ला शिक्षाले कार्यालयका तर्फबाट विद्यालय निरीक्षक आचार्यलाई परीक्षा सञ्चालन गर्न खटाएको थियो । आर्थिक प्रलोभन र राजनीतिक आस्थाका आधारमा उत्तरपुस्तिका नै फेरबदल भएको सर्पेको आरोप छ । अवैध कार्यको उचित छानबिन गरी आफूलाई नियुक्ति पाउने व्यवस्था मिलाइदिन उनले जिल्ला प्रशासनमा उजुरी दिएका छन् । आधारभूत विद्यालय जुर्कको शिक्षक नियुक्तिका लागि लिएको परीक्षामा अनियमितता भएको भन्ने उजुरी आएको जिशिअ ललितविक्रम सिंहले पुष्टि गर्नुभएको छ ।

रासस

सम्बन्धित समाचार
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

भद्रपुर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय, काँकरभ ...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कल ...

प्रा.डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त

विजयपुर । प्रा.डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिम ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
साउन ६, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन ६, २०८३
प्रा.डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त
साउन ६, २०८३
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति
साउन ६, २०८३
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
साउन ६, २०८३
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
साउन ६, २०८३
विराटनगरमा कार्गो रेलः औद्योगिक पुनर्जागरणको अपेक्षा
साउन ६, २०८३
शुल्क वृद्धिको विरोधले खुल्यो शिक्षकहरूको कर्तुत
साउन ६, २०८३
कार्गो रेलः पूर्वी अर्थतन्त्रको नयाँ सम्भावना
साउन ६, २०८३
आजको राशिफलः २०८३ साल साउन ६ गते बुधबार
साउन ६, २०८३
नम्बर दिने बाहानामा छात्रामाथि दुव्र्यवहार
साउन ५, २०८३
धरानका १६ फार्मेसी सिल, सञ्चालकलाई उपस्थित हुन निर्देशन
साउन ५, २०८३
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी
साउन ५, २०८३
हुथी धम्कीपछि इरानद्वारा अमेरिकी सैन्य केन्द्रमा आक्रमण तीव्र
साउन ५, २०८३
निराश रोहिङ्ग्याको समुद्री पलायन
साउन ५, २०८३
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
साउन ६, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन ६, २०८३
प्रा.डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त
साउन ६, २०८३
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति
साउन ६, २०८३
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
साउन ६, २०८३
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
साउन ६, २०८३
विराटनगरमा कार्गो रेलः औद्योगिक पुनर्जागरणको अपेक्षा
साउन ६, २०८३
शुल्क वृद्धिको विरोधले खुल्यो शिक्षकहरूको कर्तुत
साउन ६, २०८३
कार्गो रेलः पूर्वी अर्थतन्त्रको नयाँ सम्भावना
साउन ६, २०८३
आजको राशिफलः २०८३ साल साउन ६ गते बुधबार
साउन ६, २०८३
नम्बर दिने बाहानामा छात्रामाथि दुव्र्यवहार
साउन ५, २०८३
धरानका १६ फार्मेसी सिल, सञ्चालकलाई उपस्थित हुन निर्देशन
साउन ५, २०८३
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी
साउन ५, २०८३
हुथी धम्कीपछि इरानद्वारा अमेरिकी सैन्य केन्द्रमा आक्रमण तीव्र
साउन ५, २०८३
निराश रोहिङ्ग्याको समुद्री पलायन
साउन ५, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क