काठमाडौँ/ सूचना तथा सञ्चार मञ्त्रालयले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका बिजुलीका खम्बामा टाँगिएका अव्यवस्थित तारको व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
सञ्चार मन्त्रालय र कामपाबीच सहरमा तार व्यवस्थापन विषयको छलफलका क्रममा सञ्चार सचिव इ महेन्द्रमान गुरुङले सेवा प्रदायकले टाँगेका तारबाट सिर्जित समस्या समाधानका लागि ठोस काम गर्नुपर्ने बताउँदै यसको नेतृत्व कामपाले गर्नुपर्नेमा जोड दिए ।
कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङलेसहरी सुरक्षा र सुन्दरतामा टेलिकम्युनिकेसन तथा इन्टरनेट सेवाका तारले पु¥याएको समस्या समाधान गर्न कामपाले नमुना परियोजना अघि सार्ने जानकारी दिए । आगामी हप्ता सो विषयमा कामपाले नमुना परीक्षणको कार्यक्रम सार्वजनिक गर्ने भएको छ । रासस