धरान/नारायणी क्षेत्रीय अस्पताल बिरगञ्जबाट शुक्रबार एक नवजात शिशुको चोरी भएको छ । स्थानिय छपकैया निवासी आशादेवीबाट जन्मिएको शिशु हराएको पर्सा प्रहरीले जनाएको छ ।

हराएको शिशुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । प्राप्त घटना बिबरण अनुसार विहान दश बजेर ४० मिनेटतिरमा शिशु अस्पताल परिसरबाटै हराएको हो ।आशादेवी आफ्नी सासुसहित विहान अस्पताल पुगेकी थिइन् ।

सासुले शिशु जन्मेको केही समय पश्चात्त नजिकै रहेकी एक महिलालाई केही समयको लागि शिशु जिम्मा लगाई बच्चालाई कपडा र सुत्केरीलाई खानेकुरा किन्न बाहिर गएकी थिइन ।

सामान किनेर फर्किँदा शिशु र महिला दुवै नभेटिएपछि अस्पतालल तनावग्रस्त भएको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक  चक्रराज जोशीले पारीवारीक लार्पबाहीले घटना भएको बताए ।