विजयपुर /बिहिबार दिउसो धरानको गीता मन्दिरदेखि छाताचौकसम्मको क्षेत्र केहिबेर आतङ्कीत नै भयो । व्यस्त बजार हिडडुल गर्ने माथि एक युवकले जाताभावी कैची प्रहार गरे । जो भेट्यो उसलाई कैची प्रहार गरि घाईते बनाए । एकछिन धेरैलाई रमिता बन्यो त नजिक हुनेलाई कैची प्रहारबाट पीडा भयो ।
प्रतक्ष्यदर्शी र घाईते भन्छन –‘ती युवाको हातमा कैची थियो । ती युवालाई नियन्त्रणमा लिने क्रममा कैची खोसीएको र डूेनमा फालिएको बताइएको छ । हेर्दा १८÷१९ बर्षका देखिने ति युवाले मानसिक सन्तुलन गुमाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ती युवाले कैची प्रहार गरि सात जनालाई घाईते बनाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
ती युवाले मलाई पनि कैची हान्न खोजेका थिए तर मलाई लागेन साथीह
रुसँग धरान घुम्न आएका इटहरीका प्रयास खड्काले भने हातमा कैची थियो, मलाई पनि हान्न खोजेको थियो तर म छक्किएका कारण लागेन । केहि महिना अगाडि सोही ठाउमा मानसिक सन्तुलन गुमाएका एक युवाले महिलाहरुलाई झापड हान्ने गरेका थिए । ति युवा अहिले त्यहाँ नदेखिएको स्थानिय अंकित राईले बताए । ‘अब त बजार हिड्न पनि डरमर्दो नै भयो किनमेल गर्न बजार आएकी धरान –१६ कि बबिता कार्कीले भनिन् ‘अब यसमा कस्लाई दोष दिने ।’ धन्न बेलैमा उसलाई समातियो नत्र धेरैलाई घाईते बनाउने थियो ।’
कैचि प्रहार गर्दै हिड्नी ती युवालाई स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । तर प्रहरीले उनका साथबाट कैची बरामत गर्न सकेन । ‘घटना स्थलमा कैची भेटिएन,स्थानियले खोसेर ड्रेनमा फालि दिएको बताएका छन्’ –इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले भने । कैची प्रहारबाट घाईते भएका सात जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र निजी मेडिकलहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार ती युवाको कैची प्रहारबाट धरान–१५ श्यामचौकका बिबेक लामा,धरान–१६ का सोम राई,धरान –४का बच्चु ठाकुर,सुन्दुर दुलारीकी ज्योती चौधरी,धरान–८ कि रीता लिम्बु र धरान–१४का जीबन कोइराला र धरान २० कि पबित्रा राई घाईते भएका छन् । उनीहरुको अबस्था सामान्य रहेको छ । पक्राउ परेका युवाको नाम र ठेगना खुलेको छैन ।
डिएसपी ढकेन्द्र खतिवडा भन्छन् पक्राउ परेका अभियुक्तले एक शब्दपनि बोलेका छैनन् । पक्राउ परेका ब्यक्ति नबोलेका कारण नाम,ठेगाना र घटना घटाउनुको कारणबारे केहि खुलेको छैन ।