रामपुर(पाल्पा)/ पाल्पा बाकामलाङ गाविस– ४ लेखमलाङको एउटा घरमा आगलागी हुँदा करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ । भीमबहादुर सोतीको घरमा शनिबार आगलागी हँुदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
खरको छानो भएको घरमा आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा, सोलार सेट जलेर पूर्णरुपमा नष्ट भएको स्थानीय चेतन पुलामीले बताए । आगलागीबाट घर पूर्णरुपमा जलेपछि पीडित अहिले छिमेकिको घरमा शरण लिएर बसेको वडा नागरिक मञ्चका संयोजक टुकबहादुर सोतीले बताए । गाउँ र छिमेकिबाट अन्नपात, लत्ताकपडा र केही आर्थिक रकम जुटाएर तत्कालका लागि उनलाई बासस्थानको व्यवस्था मिलाइएको पनि उनले बताए ।