रुकुम/ रोजगारीको सिलसिलामा कतार गएका एक रुकुमेलीको मृत्यु भएको छ। जिल्लाको स्यालाखदी–६ पहाडाका २१ वर्षीय गोविन्द बुढाको मृत्यु भएको हो । शुक्रबार साँझ कामबाट आएर खाना खाएर सुतेको र आज बिहान मृत अवस्थामा फेला परेको पीडित परिवारले जानकारी दिएको छ । दुई वर्ष पहिले बुबाको मृत्यु भएपछि र आमाले अर्कैसँग विवाह गरेपछि आर्थिक चपेटामा परेका बुढा गत असारमा रोजगारीका लागि कतार गएका थिए । बुढाको शव नेपाल ल्याइदिनका लागि परिवारले सरकारसँग अनुरोध गरेको छ । रासस