धरान / सुनसरीको हरिनगरा–३ की एक ३० बर्षीय महिलालाई शनिवार मध्य राती एक समुहले सामुहिक बलात्कार गरेका छन् ।  विहान २ बजे आफ्नै घरमा सुतिरहेकी उक्त महिलालाई ४÷५ जनाको समुहले घरमा पसी घरबाट २ किमी टाडा लगि सामुहिकबलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोषराज पोखरेलले जानकारी दिए । उक्त महिलालाई जव्वरजस्ती उठाएर लगि डर त्रास देखाई सामुहिक बलात्कार गरेका थिए । निजकी ५ महिनाकी छोरीलाई मार्ने धम्र्की दिदै उनीहरुले घरबाट उठाएर खेतमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।  घट्नाबारे प्रहरीमा जानकारी आए पछि खटिएको प्रहरी टोलीले बलात्कारमा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हरिनगरा–३ वस्ने ४५ बर्षीय सक्रन महतो, ५६ बर्षीय लखना महतो, ५६ बर्षीय झुमालाल महतो र ३२ बर्षीय बुद्ध महत्तो रहेको जिप्रका सुनसरीले जनाएको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धान शुरु गरिएको एसपी पोखरेलले जानकारी दिए ।