पोखरा/ लायन्स क्लब अफ साझा चौतारी पोखराले आज पोखरा १८ बाच्छेबुडुवास्थित बात्सायन वृद्धाश्रममा न्यानो कम्बल तथा खाद्यान्न सामग्री वितरण गरेको छ ।

चौतारीका जिल्ला प्रमुख सल्लाहकार इन्दु लम्सालले वृद्धाश्रममा रहेका १५ जना वृद्धवृद्धालाई सो सहयोग सामग्री हस्तान्तरण गरे  । लायन्स क्लब अफ पोखरा साझा चौतारीकी अध्यक्ष दुर्गादेवी आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा वृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीले समाजिक सेवामा लाग्न सबैमा आग्रह गरे ।