Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • सल्लाको वनमा अनधिकृत फँडानी

सल्लाको वनमा अनधिकृत फँडानी

alt
  • माघ १५, २०७३
  • ब्लाष्ट खबर

डोटी/ डोटीको जोरायल क्षेत्रमा सल्लाको वनमा व्यापक फँडानी भइरहेको छ । सो क्षेत्रका चार वटा सामुदायिक वनका सल्ला अवैधरुपमा धमाधम काटिइँदै छन् । यो काममा उपभोक्ता, ठेकेदार र वन कर्मचारीको मिलोमतो देखिएको छ । लक्ष्मीनगर गाविसका मालिका सामुदायिक वन, मसानी सामुदायिक वन, सिद्धबाबा सामुदायिक वन र परिवर्तन सामुदायिक वनमा फँडानी भइरहेको हो । स्थलगत रुपमा धमाधम रुख काट्ने र गोलिया पार्ने काम भइरहेको छ । अहिले वनमा छरपस्ट रुपमा काठका गोलिया भेटिन्छन् । काठ कटानी चल्दै गर्दा स–साना बोटबिरुवामा पनि ठूलो मात्रामा क्षति पुगिरहेको छ । काटिएकामा काँचा रुख पनि समावेश छन् । कटानीका क्रममा वैधानिक मापदण्डको समेत उल्लङ्घन गरिएको छ । ती सामुदायिक वनमा पुरानो अनुमतिका आधारमा काठ कटानी चलिरहेको बुझिएको छ । निर्धारित समयमा नकाटिएको काठ अहिले काटिरहेको उपभोक्ताले स्वीकार गरेका छन् । ती चार वटा सामुदायिक वनसहित इलाका वन कार्यालय जोरायलले गत आवको वैशाखमा घन्टेश्वर र छतिवन गाविसका ११ वटा सामुदायिक वनलाई सल्लाको काठको कटानी सहमति प्रदान गरेको थियो । सोही सहमतिका आधारमा एक महिनाभित्र सबै काठ काटेर गोलिया पारिसक्नुपर्ने थियो । सोही अनुसार इलाका वन कार्यालय जोरायलमा निर्धारित समयमै काठ काटिएको ‘कटान रजिस्टर’ पेस भएको छ । ती चार सामुदायिक वनले अनुमति मुताबिक काठ नकाटिसकेको बताएका छन् । मालिका सामुदायिक वनका अध्यक्ष हर्कबहादुर रावलले जेठ १५ गतेसम्ममा आफूले सहमतिमा पाएको चार हजार १६७ दशमलव ०५ क्युफिट काठमध्ये दुई हजार १०० क्युफिट काठ मात्रै काट्न सकिएको बताए । बाँकी काठ अहिले काटिएको उहाँले स्वीकार गरे । बाँकी तीन सामुदायिक वनको अवस्था पनि त्यस्तै छ । तर, ‘सामुदायिक वनको काठ÷दाउरा सङ्कलन तथा बिक्री वितरण निर्देशिका २०७१’ मा तोकिएको समयमा काठ काट्न नसकिए सहमति प्रदान गर्ने वनको निकायमा थप समय माग गर्नुपर्ने व्यवस्था छ । तर, इलाका वन कार्यालय जोरायल र जिल्ला वन कार्यालय डोटीले भने चालु आवमा कुनै पनि थप समय वा सहमति प्रदान नगरेको जनाएको छ । यस अर्थमा नयाँ भइरहेको कटान प्रक्रिया अवैधानिक देखिन्छ । मालिका सामुदायिक वनका अध्यक्ष रावलले भने मौखिक रुपमा वन कर्मचारीसँग अनुमति मागिएको बताउनुभयो । उनले भने, “वनपाले नरबहादुर साहुलाई फोनमार्फत कुरा गर्दा काट्दा केही फरक नपर्ने भन्नुभएको थियो ।” सिद्धबाबाका अध्यक्ष रोकामगरले आफूले म्याद थपका लागि कसैलाई पनि जानकारी नगराएको बताए । उनले भने, “पहिलेको सहमति छँदैथियो । त्यसैअनुसार काटेका हौँ ।” इलाका वन कार्यालय जोरायलका इन्चार्ज सच्चिदानन्द सिंहले काटिएको काठ सङ्कलनका लागि मौखिक जानकारी आएको तर, काठ काट्न थप समय कसैले नमागेको बताउछन् । “मौखिक रुपमा गत आवमा सहमति दिइएपछि काटिएको काठ घाटगद्दीसम्म पुर्याउनका लागि जानकारी आएको थियो । त्यसका लागि कुनै व्यवस्था थिएन । मौखिक रुपमै सहमति दियौँ,” उनले भने, “मलाई जानकारीमा आएअनुसार उतिबेलाको सहमतिअनुसारको काठ उतिबेलै काटिएको थियो । त्यो प्रतिवेदन अनुसार थप काट्ने समय आवश्यक नै थिएन ।” शुक्रबार जिल्ला वन अधिकृत कार्कीसहितको टोली फँडानी क्षेत्रतर्फ गएको छ । स्थलगत अध्ययनपछि दोषी भेटिएकालाई कारबाहीको दायरामा ल्याइने जिल्ला वन अधिकृत कार्कीले बताए ।

-रासस

सम्बन्धित समाचार
साँगुरीगढीका १ सय २० घर परिवार पहिरोको उच्च जोखिममा

धनकुटा । भारी वर्षासँगै धनकुटाको साँगुरीगढी गाउँपालिकाका १ सय २० परिवार पहि ...

परिचयपत्रमा टोकनको सास्ती

विराटनगर । मोरङको सुन्दरहरँैचा नगरपालिका–७ का ४० वर्षीय उपेन्द्र खड्का शुक् ...

आजको राशिफलः २०८३ साल भदौ २७ गते शनिबार

श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल भदौ २७ गते शनिबार, १२ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
साँगुरीगढीका १ सय २० घर परिवार पहिरोको उच्च जोखिममा
भदौ २७, २०८३
परिचयपत्रमा टोकनको सास्ती
भदौ २७, २०८३
आजको राशिफलः २०८३ साल भदौ २७ गते शनिबार
भदौ २७, २०८३
१० लाख बराबरको अवैध सामान बरामद
भदौ २६, २०८३
१ सय किलो गाँजा र ब्राउन सुगरसहित ९ जना पक्राउ
भदौ २६, २०८३
८० लाखको ‘घुम्ती अस्पताल': आठ महिनादेखि विराटनगरमै थन्कियो बस
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा बन्यो ड्याम: सप्तकोसीमा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भदौ २६, २०८३
स्वतन्त्र नागरिक अभियानको कोशी प्रदेश अध्यक्षमा दीपेन्द्र कार्की
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा पहिरोले ड्याम , सतर्क रहन आग्रह
भदौ २६, २०८३
कोशी उच्च बाँध हाम्रा लागि कति खतरा ?
भदौ २६, २०८३
पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’
भदौ २६, २०८३
मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च: भेटियो १० लाख, आठ वटा रड र मोबाइल बरामद
भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटेलाइट इन्टरनेट
भदौ २६, २०८३
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
भदौ २६, २०८३
विपद् व्यवस्थापनलाई राष्ट्रिय एजेन्डा बनाऊ
भदौ २६, २०८३
साँगुरीगढीका १ सय २० घर परिवार पहिरोको उच्च जोखिममा
भदौ २७, २०८३
परिचयपत्रमा टोकनको सास्ती
भदौ २७, २०८३
आजको राशिफलः २०८३ साल भदौ २७ गते शनिबार
भदौ २७, २०८३
१० लाख बराबरको अवैध सामान बरामद
भदौ २६, २०८३
१ सय किलो गाँजा र ब्राउन सुगरसहित ९ जना पक्राउ
भदौ २६, २०८३
८० लाखको ‘घुम्ती अस्पताल': आठ महिनादेखि विराटनगरमै थन्कियो बस
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा बन्यो ड्याम: सप्तकोसीमा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भदौ २६, २०८३
स्वतन्त्र नागरिक अभियानको कोशी प्रदेश अध्यक्षमा दीपेन्द्र कार्की
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा पहिरोले ड्याम , सतर्क रहन आग्रह
भदौ २६, २०८३
कोशी उच्च बाँध हाम्रा लागि कति खतरा ?
भदौ २६, २०८३
पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’
भदौ २६, २०८३
मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च: भेटियो १० लाख, आठ वटा रड र मोबाइल बरामद
भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटेलाइट इन्टरनेट
भदौ २६, २०८३
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
भदौ २६, २०८३
विपद् व्यवस्थापनलाई राष्ट्रिय एजेन्डा बनाऊ
भदौ २६, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क