पोखरा/ नेपाल खानेपानी संस्थान पोखरा शाखाले घारीपाटन र सिर्जनाचोकमा मिटर निकालेर पानी चोरी गर्ने सात ग्राहकलाई जरिवाना गरेको छ । संस्थानबाट अनुगमनमा गएको टोलीले उनीहरुलाई कारबाही गरी रु ३५ हजार जरिवाना गरेको छ ।

उनीहरुको साथबाट केही थान मोटरसमेत जफत गरिएको संस्थानका प्राविधिक लक्ष्मण पाण्डेले बताउनुभयो । संस्थानले पोखरामा पानी चोरी गर्नेको सूची तयार भइरहेको जनाएको छ ।

हाल ३७ हजार ग्राहकलाई खानेपानीको सुविधा पु¥याउँदै आएको संस्थानको करिब रु १७ करोड बक्यौता रहेको महशुल शाखाका कमलकान्त लामिछानेले जानकारी दिनुभयो ।

रासस