तरहरा/ पुरानो रिसईबी साँध्न युवकलाई छुरा प्रहार गरी हत्या गर्ने इटहरी–१५ का जयनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । मधेली गाविसका २१ वर्षीय रिजन भन्ने दिलकुमार चौधरीलाई इटहरी–१५ मा छुरा प्रहार गरी फरार रहेका जयनारायणलाई पकली इलाका प्रहरी कार्यालयले सोमबार राति इनरुवाबाट पक्राउ गरेको हो ।

पुरानो रिसईवी साँध्न दिलकुमारको हत्या गरेपछि जयनारायण फरार भएका थिए । तर प्रहरीले २४ घण्टा नबित्दै उनलाई पक्राउ गरेको इप्रका पकलीका इन्स्पेक्टर शान्तिराम कार्कीले बताए ।

मृतक दिलकुमार आइतबार साँझ आप्mनो भाउजूको घरमा आएका थिए । त्यसै क्रममा केही महिना अगाडिको रिसईवीलाई लिएर जयनारायणले दिलकुमारको हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको उनलाई कर्तव्य ज्यान मुद्दामा मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।