धनकुटा/ धनकुटाको परेवादिन गाविस वडा न–८ मा रहेको तल्लो बोक्रे नागरिक सचेतना केन्द्रको सक्रियतामा कृषक समुहको भवन निमार्ण गरिएको छ । भवन निमार्णका लागी नागरिक सचेतना केन्द्रले अगुवा गरेपछि बोक्रे सामुदायिक कृषक समुहको भवन निमार्ण गरिएको हो ।
कृषि जन्य उपज वढि मात्रामा उत्पादन हुने गरेको भएपनि संकलन केन्द्रको अभावका कारण कृषकहरुलाई विक्री वितरणमा समस्या भएपछि कृषक समुहको भवन निमार्णका लागी आफुहरुले अगुवाई गरेको तल्लो बोक्रे नागरिक सचेतना केन्द्रका संयोजक मुना पराजुलीले वताईन । उक्त भवन ६ लाख दुई हजार रुपैया वरावरको लागतमा निमार्ण भएको बोक्रे सामुदायिक कृषक समुहले जनाएको छ । भवन निमार्णका लागी जिल्ला कृषि विकास कार्यालय धनकुटाले ८० हजार वरावरको कर्कतपाता सहयोग गरेको थियो । वाँकी रकम विभिन्न सघंसंस्थाको सहयोग रहेको छ भने कृषक समुहमा आवद्ध २६ जना सदस्यहरुले जनश्रमदान गरेका छन् ।
कृषक समुहको भवन निमार्णका लागी परेवादिन –८ का स्थानिय कृष्णप्रसाद घिमिरे र गितादेवी घिमिरेले एक रोपनी दुई आना जग्गा प्रदान गरेका थिए । भवनको सोमवार उद्घाटन गरिएको छ । गाविसका सामाजिक परिचालक निलवहादुर थापाले भवनको उद्घाटन गरेका छन् । सो अवसरमा जिल्ला कृषि विकास कार्यालय तेह्रथुममा कार्यरत सन्तकुमार मण्डल, पशुसेवा केन्द्र चुलाचुलीका प्रमुख सोमन दाहाल,चुलाचुली दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष पदम श्रेष्ठ, वडा नागरिक मञ्चका संयोजक राधा अधिकारी, स्थानिय वुद्धिजिवि लोकेन्द्र चापाँगाई लगायतले कृषक समुहको भवनले सवै किसानलाई सहयोग पुग्ने आशा व्यक्त गरेका छन् ।
सो अवसरमा भवन निमार्ण क्रममा सहयोग गरेको भन्दै नमुना कृषि सेवा केन्द्र चुलाचुलीका तत्कालिन प्रमुख हाल जिल्ला कृषि विकास कार्यालय तेह्रथुममा कार्यरत सन्तकुमार मण्डल र पशुसेवा केन्द्र चुलाचुली ताङ्गखुवाका प्रमुख सोमन दाहाललाई सम्मान गरिएको छ । भवन निमार्णभएपछि कृषिसगँ सम्वन्धित कार्यका साथै अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सहज हुने भएको चुलाचुली दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष पदम श्रेष्ठले वताए ।
वि.सं.२०७२ सालमा तल्लो बोक्रे नागरिक सचेतना केन्द्र गठनभए सगै क्रेन्द्रले वडामा भवन निमार्ण, सचेतना सम्वन्धि विभिन्न कार्यहरु गर्दै आएको छ । भवन उद्घाटन कार्यक्रम वोक्रे सामुदायिक कृषक समुहका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य सदस्य रविन घिमिरेले राखेका थिए भने सञ्चालन सदस्य पदमप्रसाद पराजुलीले गरेका थिए । उद्घाटन कार्यक्रममा स्थानिय कदाकारहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।