सुरुङ्गा (झापा)/जङ्गली हात्तीको आक्रमणमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ महेशपुर निवासी ४१ वर्षीया पालमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । घर नजिकै रहेको मायालु सामुदायिक वनमा घाँस काट्न गएकी लिम्बूलाई घर फर्कने क्रममा हात्तीले आक्रमण गरेको बताइएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला वन अधिकृत बोधराज सुवेदीले जानकारी दिनुभयो ।

-रासस