धनुषा / जनकपुरको व्यस्त बजार मिल्स एरिया चोकबाट आज अपराह्न हजारौँ रुपैयाँ लुटपाट गरिएको छ । धनुषाको सतोषरस्थित श्रमजीवी सहकारी संस्थाका कर्मचारीबाट मिल्स एरियाको आइएमइबाट रु ९४ हजार लुटिएको प्रहरीले जनाएको छ । एभरेष्ट बैंक तल रहेको आइएमइबाट पैसा झिकेका सतोषरका हरिशङ्कर यादवको जिउमा फोहर पदार्थ छ्यापेर लुटेरा रकम लिएर फरार भएको बताइएको छ ।

यादवका जिउमा फोहर लागेछ भनेर एक जनाले भनेपछि छेउको ट्युबवेलमा धुन गएका बेला नगदसहित झोला लिएर लुटेरा फरार भएको धनुषाका प्रहरी उपरीक्षक लीलामणि आचार्यले जानकारी दिए । लुटेराको खोजतलास भइरहेको छ ।