धरान/ धरानमा शनिबार तेह्रौँ ‘धरान सडक उत्सव’ शुरु भएको छ । उत्सवको उद्घाटन नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपक जोशीले गरे । सो अवसरमा जोशीले धरानलाई पर्यटकीय नगरी बनाउन सकिने प्रशस्तै आधारहरू रहेको बताउँदै यसका लागि पर्यटन बोर्डले भूमिका खेल्ने जनाए । उनले शिक्षा, स्वास्थ्य र धार्मिक हिसाबले पनि धरान धेरै अघि रहेको बताए । ‘यसलाई क्यास गर्न सकिएमा धरानको पर्यटन ह्वात्तै बढ्छ ।’ उनले भने ।

उनले यस्ता सडक उत्सवहरूले धरानको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने धारणा व्यक्त गरे । कार्यक्रममा पर्यटन व्यवसायी कृष्णकुमार साहले धरान, इलाम र ताप्लेजुङलाई जोडेर ‘ग्रिन इष्ट’ बनाउने अभियानलाई यो सडक उत्सवबाट थप मद्दत पुगेको बताए । होटल एसोसिएसन अफ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठले भूकम्प तथा नाकाबन्दीका कारण पर्यटन व्यवसाय खस्किरहेको अवस्थामा यस्ता उत्सवहरूले केही मद्दत पु¥याउने आशा व्यक्त गरे ।

उनले बल्ल तग्रिँदै गरेको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले नै उत्सव लगाइएको बताए । सोही अवसरमा पत्रकार सन्तोष काप्mलेलाई ५ हजार नगदसहितले सम्मानित गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जोशीले उनलाई सम्मानपत्र प्रदान गरे । सोही अवसरमा आयोजित साइक्लिङ प्रतियोगितामा जुनियरतर्पm दीपक जिमी पहिलो भए भने अर्पण गुरुङ दोस्रो र सन्देश गुरुङ तेस्रो भए । महिलातर्पm विदेशी नागरिक केट पार्किङ पहिलो र ममता राई दोस्रो भए । त्यस्तै एलिटतर्पm किरण राई विजेता भए ।

त्यस्तै अभिषेक राई दोस्रो र शुभ राई तेस्रो भए । विजेतालाई क्रमशः ३, २, १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । जुनियरमा १० जनाले भीडन्त गरेका थिए भने महिलामा दुईजना र एलिटमा चारजनाले भीडन्त गरेका थिए । सुनसरी साइकल एसोसिएसनको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । उत्सवका ९० वटा स्टलमध्ये ६० वटामा खानाका परिकारहरू छन् । यसपटक भिक्टोरी माधयमिक विद्यालयले पनि स्टल राखेको छ । होटल म्यानेजमेन्ट अध्ययनरत् विद्यार्थीहरूको पाककलाको स्वाद चखाउने उद्देश्यले स्टल राखिएको विद्यालयले जनाएको छ ।