विजयपुर/ उपकुलपति नहुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दैनिक प्रशासनिक काममा समस्या आएको भन्दै कर्मचारी कल्याण समाजले तत्काल उपकुलपति नियुक्त गर्न वा प्रतिष्ठानका बरिष्ठ पदाधिकारीलाई अधिकार प्रत्योजन गर्न माग गरेको छ ।
समाजले स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सहकुलपति गगन थापालाई ज्ञापनपत्र बुझाउँदै नियुक्तिमा ढिलाइ हुँदा प्रशासनका दैनिक कामकारवाही र कर्मचारीहरुको तलब भत्ता समेत रोकिएकोले नयाँ उपकुलपति नियुक्त नहुञ्जेलसम्म प्रतिष्ठानका बरिष्ठ दाधिकारीलाई अधिकार प्रदान गर्न माग गरेको छ ।
प्रतिष्ठान तीन साता अघिबाट उपकुलपतिविहीन भएको छ । उपकुलपति नियुक्त गर्न सरकारले ठोस पहल नगरेको कर्मचारीहरुले बताएका छन् । कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोलेले अविलम्ब उपकुलपति नियुक्त गर्न माग गरिएको बताए ।