ताप्लेजुङ/ताप्लेजुङका दुई बेग्लै स्थानमा भीरबाट लडेर दुईजनाको मृत्यु भएको छ । ताप्लेजुङको सावा गाविसमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यू भएको छ । बुधबार दिउँसो चौरीलाई घाँस काट्न भिरमा गएका पापुङ ३ का चुङ्दाक्पा शेर्पाको भिरबाट लडेर घटनास्थलमानै मृत्यू भएको पापुङका स्थानिय डण्डु शेर्पाले बताउनुभयो ।
मृतक शेर्पा साथिहरुसँग पापुङको सिम्बुकबाट चौरिलाई धुपि बोकाएर बिक्रिका लागि हान्द्रुङ बजार तर्फ आउने क्रममा बेलुका साँवा २ स्थित फुङ्फुङगे झर्ना क्षेत्रमा चौरि राखेर घाँस काट्न भिरमा गएका थिए । उनि घाँस काट्ने क्रममा भिरबाट करीव दुई सय मिटर तल खसेको स्थानियको भनाई छ । उनको सव हिजोनै पापुङ स्थित आफ्नो घरमा लगेको परीवार श्रोतले बताएको छ ।
पापुङ लगायत माथिल्लो क्षेत्रमा सडक नपुग्दा धुपि सहित स्थानिय उत्पादन चौरीमा बोकाएर विच बाटोमा बास बस्दै विक्रिका लागि विभिन्न स्थानका बजारमा लैजानुपर्ने बाध्यता रहेको छ ।उता तेल्लोक गाविस–१ मा भीरबाट लडेर अन्दाजी ४५ बर्षिय स्थानीय रामबहादुर मावोको ज्यान गएको छ । छिमेकीको बिवाह भोजमा सहभागी भएर घर फर्कने क्रमम फुन्द्रुवा भीरबाट लडेका मावोको पनि घटना स्थलमै ज्यान गएको स्थानीय काजी भट्टराईले जानकारी दिए ।