लहान/नेकपा (माओवादी) का कार्यकर्ताले यहाँस्थित सगरमाथा अञ्चल यातायात कार्यालयका सुब्बा योगेश खनाललाई मङ्गलबार कालोमोसो दलेर दुव्र्यवहार गरेका छन् ।मोटरसाइकलको ‘ट्रायल’ लिने काम सकेर मोटरमा आउँदै गर्दा मङ्गलबार बेलुका विप्लव माओवादीका तीन–चारजना कार्यकताहरुले कालोमोसो दलेको हो ।

खनाललाई कालोमोसो दली एक चिठी पनि घटनास्थलमा छोडी फरार भएको पिडित खनालले बताएका छन, ।चिठीमा उलेख भएका ५ वटा बुन्दा रहेकोअनुसार खनाल सेवाग्राहिलाई अनावश्यक झनझट  दिएको,लाइसेन्स बितरणमा अनियमितता गरेको ,टराइलफेल भएको मानिसहरुसंग रकम लिएको,७५ वटा टराइक्टर मालकिसंग रु २५०० सयमो दरले रकम लएिको र आफनो पदको दुरुपयोग गरि लाइसन बितरण गरि लाखै रकम भष्टाचार गरेकोे कारण कालोमोसो दलेको चिठिमा जनाएका छन, ।खनाललाई कालोमोसो दलेको स्वीकार गर्दै छानबिन गरी दोशीलाई कार्यवाहीको लागी इलाका प्रहरी कार्यालय लहानलाई जानकारी दिएको यातायात कार्यालय लहानका उपसचिव ओमकार प्रसाद न्यौपानेले बताएको छ, ।खनाल लाइसेन्स फाटको प्रमुख रहेको र रकम कलमको चलखेलमा संलगन रहेको लेखापढी व्यवसायहरुको गुनासो रहेको हो । मोसा सवारी चालक अनुमतीका लागी लगभग ५२ सय आवेदन लिखितको लागी फोरम भरेको थियो भने लिखित पास गरी ३५ सयको हराहारीमा टराइल भइरहेको जिल्ला टराफी कार्यालय लहानले जनाएका छन, ।