धरान/आधा रातमा महिला मात्रै भएको घरमा गएपछि एक युवा आक्रमणमा परेका छन् । ती महिलाले मंगलबार राति भोजपुर तिवारी भञ्ज्याङका २४ वर्षीय प्रदीप खत्रीलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएकी छन् । भोजपुरको तिवारी भञ्ज्याङ गाविसमा महिलामाथि दुर्नियत राखेपछि महिलाले धारिलो हतियार प्रयोग गरेको बुझ्नमा आएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी काजीकुमार आचार्यले जानकारी दिए । घटना भोजपुरबाट झण्डै एक बिहानको बाटोमा भएको हो । घटनामा संलग्न महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते खत्रीलाई प्रहरीको निगरानीमा उपचार भइरहेको छ । डिएसपी आचार्यका अनुसार खराव मनसायले मंगलबार राति करिव साढे १० बजे महिलाको घरमा प्रवेश गरेको थियो । महिलाको श्रीमान बैदेशिक रोजगारीको क्रममा हाल विदेशमा छन् ।