ताप्लेजुङ/ जिल्लाका सरकारी कार्यालयहरुमा कर्मचारीको अनुपस्थिति बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले छड्के जाँचलाई तिब्रता दिएको छ ।केही दिनअघि मात्र सेवाग्राहीको अत्यधिक चाप रहने चारवटा सरकारी कार्यालयको छड्के जाँच गरी कर्मचारीलाई स्पष्टीकरण सोधेको प्रशासनले सोमबार पाँचवटा कार्यालयमा छड्के जाँच गरेको प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले जानकारी दिए ।
प्रजिअ खड्काका अनुसार सोमबार जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला पशुसेवा कार्यालय र महिला तथा बालबालिका कार्यालयको छड्के जाँच गरिएको छ ।छड्के जाँचको क्रममा कृषि र शिक्षा कार्यालयमा १÷१ जना कर्मचारी अनुपस्थित भेटिएका थिए भने वनमा ३, पशुसेवामा २ र महिला तथा बालबालिका कार्यालयमा कार्यालय प्रमुखसहित ४ जना कर्मचारी बिनाजानकारी कार्यालयमा हाजिर नभएको पाइएको थियो ।कृषि कार्यालयका प्राविधिक सहायक कपिलेश्वर यादव, शिक्षाका सह इञ्जिनियर वीरेन्द्रप्रसाद यादव, वनका नायव सुब्बा प्रकाश ढुङ्गाना, सहलेखापाल बलबहादुर विश्वकर्मा र खरिदार नरबहादुर महत कार्यालयमा विनाजानकारी बिदामा रहेको भेटिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
यस्तै जिल्ला पशुसेवा कार्यालयकी पशु स्वास्थ्य प्राविधिक हर्कमती लिम्बू र नायव पशु स्वास्थ्य प्राविधिक लीला मगर अनुपस्थित भेटिएका थिए भने महिला तथा बालबालिका कार्यालयका प्रमुख सुशीला चौधरी पुस २२ गतेबाटै कार्यालयमा हाजिर नभएको पाइएको थियो ।यस्तै सोही कार्यालयकी परियोजना अधिकृत सरिता लिङ्देन, सहायक महिला विकास निरीक्षक दीपाकुमारी लिम्बू सुब्बा र समविनि लीला लावती पनि कार्यालयमा हाजिर नभएको पाइएको प्रशासन कार्यालयले बताएको छ ।अनुगमनका क्रममा सहायक महिला विकास निरीक्षक दीपाकुमारी लिम्बू सबैभन्दा बढी २० दिनयता कार्यालयमा हाजिरी नभएको भेटिएको थियो भने त्यसपछि क्रमशः जिल्ला शिक्षा कार्यालयका सह–इञ्जिनियर वीरेन्द्रप्रसाद यादव १८ दिन, महिला तथा बालबालिका कार्यालय प्रमुख सुशीला चौधरी र वन कार्यालयका सहलेखापाल बलबहादुर विश्वकर्मा १० दिनयता कार्यालयमा हाजिर नभएको पाइएको छ ।
अन्य कर्मचारीहरु पनि घटीमा एक दिनदेखि हाजिर नभएको भेटिएकाले स्पष्टीकरणसहित प्रशासनमा उपस्थित हुन निर्देशन दिएको प्रजिअ खड्काले बताए । यसअघि गरिएको अनुगमनमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुखनै अनुपस्थित भेटिएको थियो भने जिल्ला मालपोत कार्यालय, सिँचाइ डिभिजन कार्यालयका केही कर्मचारी अनुपस्थित भेटिएको थियो ।
जिल्लाका सरकारी कार्यालयका प्रमुखलेनै आपूmलाई बिदामा बस्ने जानकारी गराए पनि कार्यालयमा कागजी प्रक्रिया नपु¥याउने गरेको भेटिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । अनुगमनका क्रममा हाजिरी, कार्यालय पोशाक र परिचयपत्रको छड्के जाँच गरिएको प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ ।