इटहरी/इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि बजेट तथा नीतिकार्यक्रम सार्वजनिक गरेको छ । कुल ४१ करोड ८० लाख ७३ हजार ८२ रुपैयाँको बजेट सहितको नीति तथा कार्यक्रम उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले सार्वजनिक गरेका हुन् ।मंगलबार संघीय मामिला तथा स्थानीयविकास राज्य मन्त्री श्रीप्रसाद जवेगूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममामा कार्यकारी अधिकृत राईले सार्वजनिक गरेको बजेटको पुँजिगत तर्फ ३३ करोड ५१ लाख १४ हजार ९ सय ३० रुपैयाँ हुने छ ।

यसै गरी चालु खर्चमा ८ करोड २९ लाख ५८ हजार एक सय ५२ रुपैयाँ विनियोजन गरिएको पनि कार्यकारी अधिकृत राईले जानकारी दिए । गत पुस १७ गते नगरपरिषद्बाट पारित भएको बजेट सार्वजनिक गर्दै राईले आन्तरिक आय १५ करोड ११ लाख ३२ हजार तीन सय रुपैयाँको अनुमान गरिएको बजेट सार्वजनिक गरे । यसै गरी जिविस तथा श्रोत बाँडफाँड, जनसहभागिता, अनुदान तथा सहयोगलगायतबाट २६ करो ६९ लाख ४० हजार ७ सय ८२ रुपैयाँ हुने पनि अनुमान गरिएको छ । १९ पाइन्ट ८४ प्रतिशत चालु खर्च शिर्षकमा प्रसासनिक खर्च, समाजिका परिचालन तथा क्षमता विकासमा हुने पनि जनाइएको छ ।

यस्तै पुँजिगत तर्फ ८० पोइन्ट १६ प्रतिशत बजेट लक्षित वर्गको कार्यक्रम, प्रवद्र्धनात्मक क्षेत्र, सडकबत्ती, भौतिक निर्माण तथा योजना, आयोजना व्यवस्थापन सेवा शिर्षकमा खर्च हुने पनि कार्यकारी अधिकृत राईले बताए ।बजेट नीति तथा कार्यक्रममा बोल्दै प्रमुख अतिथि राज्य मन्त्री जवेगूले बजेट कार्यान्वयनमा जोड दिए । उनले सरकारले स्थानीय निकायको निर्वाचनको मिति चाँडै घोषणा गर्ने जानकारी दिदै स्थानीय निकाय मजबुद हुने बताए । साथै सरसफाई र नगरवासीको हितमा कार्यालयले काम चुस्त र दुरुस्त गर्नु पर्नेमा जोड दिए । संविधान कार्यान्वयनका लागि मुलुकमा निर्वाचन जरुरी भएको भन्दै निर्वाचनमा जानुको विकल्प नरहेको उनको भनाई थियो ।

कार्यक्रमका विशेष अतिथि पूर्व मूमिसुधार मन्त्री एवम् साँसद रामकुमार सुब्बाले इटहरीको विकासका लागि यहाँका जनताको सक्रिय सहभागिता जरुरी रहेको बताए । सिमन्तकृत वर्गको बसोबास भएको इटहरीका क्षेत्रमा स्थानीय लागत सहभागिता नआउने भएकोले विकासका कार्यक्रममा कन्जुस्याई गर्न नहुने बताए । यस्ता वस्तीमा विकास गर्नु नगरको दायित्व भएको पनि उनको भनाई थियो । कार्यक्रममा साँसद कल्पना चौधरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलसहित राजनीतिक दलको तर्फबाट नेकपा एमालेका रेतवी घिमिरेलगायतले बोलेका थिए ।

ब्लाष्टकर्मी सहित १७ व्यक्ती र संस्था पुरस्कृत इटहरी / इटहरी उपमहानगरपालिकाले दुई सञ्चारकर्मी सहित उत्कृष्ट कर्मचारी तथा विभिन्न क्षेत्रका १७ जना व्यक्ती तथा संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।मंगलबार नगर परिसरमा भएको आर्थिक वर्ष २०७४÷०७५ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा ब्लाष्ट टाइम्स दैनिकका  सम्वाददाता धनबहादुर पुरी र पत्रकार राज केडीलाई जनही २५ हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको हो ।

सो पुरस्कार इटहरी उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघको सहकार्यमा हरेक वर्ष प्रदान गर्दै आएको छ । यसै गरी जनही १० हजार रुपैयाँ राशीको उत्कृष्ट कर्मचारी पुरस्कार पाँच जना कर्मचारीलाई प्रदान गरिएको छ । पुरस्कार पाउनेमा कर्मचारीहरु जीवन घिमिरे, लिलामान तामाङ, मोहनबहादुर कार्की, टुकबहादुर कार्की र निलु राई रहेका छन् । यसै गरी उपमहनगरपालिकाले सबै भन्दा बढी कर तिर्ने रिलाइन्स स्पिनिङ मिल र पहिलो करदाता रिना तामाङलाई सम्मान गरेको छ ।

यसै गरी ज्येष्ठनागरिक हरिमाया राई र मदनलाल चौधरीलाई पनि नगदसहित सम्मान गरेको छ । यसै गरी नागरिक अगुवा बोधराज नेपाल, गणेश दुलाल र कमलेश शर्मापौडेललाई पनि सम्मान गरेको छ । उत्कृष्ट टोल विकासका रुपमा स्वागत टोल विकास संस्था र भलाद्मी मार्ग निर्माण उपभोक्ता समितिलाई पनि सम्मान गरेको छ भने इटहरीमा लामो समयदेखि सरसफाईको अभियान सञ्चालन गर्दै आएको कीप इटहरी क्लिनलाई पनि सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुबाट सो सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।