धरान / एक महिलाले अभिभावकलाई एक/एक हजार रुपैयाँ दिएर दुई बालकलाई घरेलु कामको लागि काठमाडौं लैजाने क्रममा बीच बाटोबाटै बालकहरु फिर्ता गरिएको छ ।
धरान–१७ सरस्वती चोकका करीब ११ वर्षीय सुमन विक र सुशन राईलाई फकाएर काठमाडौं लैजाने क्रममा प्रहरीले सप्तरीको कञ्चनपुरबाट फिर्ता गरी अभिभावकलाई जिम्मा लगाएको हो । धरान–१७ की दुर्गा राईकी बहिनी श्यामकलाले दिदी दुर्गामार्पmत् विक र राईका अभिभावकलाई एक÷एक हजार रुपैयाँ दिएर सुन पसलमा काम सिकाइदिने भन्दै बालकलाई लगेकी थिइन् । बिहान घरमा छोरा नभेटिएपछि प्रहरीलाई जानकारी गराएको सुशनका पिता किरणले बताए । ‘काठमाडौंमा काम गराउँछु, पढाउँछु भनेर फकाईफुल्याई नानी भगाएको रहेछ ।’ किरणले फोन सम्पर्कमा भने, ‘छोरा लिएर गएको मैले थाहा पाइनँ ।’
उनले श्रीमतीलाई एक हजार रुपैयाँ दिएर लगेको भन्ने थाहा पाएको बताए । ‘बिहान छोरो उठ्दैन, कहाँ गयो भनेर हल्लीखल्ली गर्दा पो थाहा भयो ।’ सुमन बिकका बुबा सुरेशलाई पनि एक हजार दिएर श्यामकलाले छोरो लगेको किरणले बताए । सुरेश र श्रीमती नै बोल्न नसक्ने रहेको छिमेकी गोपाल कार्कीले बताए । ‘सुमनका बुबाआमा नै बोल्न सक्दैनन्, राईको आमा मापासे गरिरहन्छिन् । उनीहरुलाई पैसा दिएर फकाएको रहेछ’, कार्कीले फोन सम्पर्कमा भने ।a
प्रहरीमा जानकारी पुगेपछि इप्रका धरानले फोन सम्पर्क गर्दैजाँदा सप्तरीको कञ्चनपुर पुगेको पत्ता लागेपछि त्यहींबाट फिर्ता बोलाएको किरणले बताए । यता इप्रकाका डिएसपी ढकेन्द्र खतिवडाले प्रहरीमा सूचना आएपछि फोन गर्दा सप्तरीको कञ्चनपुर पुगेको थाहा पाएपछि त्यहीँबाट नानीहरु फिर्ता गर्न लगाएको बताए । ‘एक महिलाले काम गर्न लगेको भन्ने सूचना आएपछि फोन गरेर उमेर नपुगेको बालबालिकालाई काममा लगाए श्रम ऐनअनुसार कारवाही हुन्छ भनेर थर्काएपछि कञ्चनपुरबाट फिर्ता आइन्’, खतिवडाले भने ।
सुमन र सुशन धरान–१७ फोकल्याण्ड टापुस्थित दीपेन्द्र प्राविमा कक्षा ३ मा अध्ययनरत् थिए । स्कुलका प्रअ पर्वत सञ्जेलका अनुसार अभिभावकलाई पैसाको प्रलोभन देखाएर घरेलु कामको लागि लिएर गएको वा बेच्न लगेको दुबै हुनसक्ने बताए । ‘बेचबिखन गर्ने नियत हो या घरेलु कामदार राख्ने नियत हो, त्यो थाहा भएन । तर, लानेको नियत राम्रो देखिएन’, उनले भने । यस विषयमा प्रहरीले इलाका प्रहरी कार्यालयमा दुवै पक्षलाई राखेर आइन्दा बच्चाहरु नलैजाने कागजी सहमति गराएको छ ।
पीडक भनिएकी श्यामकलाले भने आपूmले अभिभावकहरुकै सहमतिमा सुन पसलमा काम लगाइदिन काठमाडौं लगेको स्वीकार गरिन् । उनले आपूmले एक/एक हजार रुपैयाँ दिएको स्वीकार गर्दै भनिन्, ‘उनीहरुले दुःख दर्साएपछि मात्रै मैले पैसा दिएको हो ।’ उनले थपिन्, ‘सुरेशले पैसा दिनू, लानू, सीप सिको भने राम्रो हुन्छ भनेपछि पैसा दिएको हो । त्यस्तै किरणको श्रीमतीले ढाड दुख्छ, औषधि खाने पनि पैसा छैन, भनेपछि माया लागेर एक हजार रुपैयाँ दिएको हो ।’
उनले आपूmले बच्चाहरुलाई आइतबार राति नै ल्याएको स्वीकार गर्दै भनिन्, ‘राति नै खोजेको भए म पु¥याइदिन्थें । जब सप्तरी पुगें, त्यसपछि फोन आयो । अनि फिर्ता लिएर आएर प्रहरीमा कागज गरेर छाडिदिएँ ।’ उनको काठमाडौंस्थित बौद्ध आरुबारीमा फर्निचर पसल छ ।