धनकुटा / फाक्सिव गाविस– ८ मा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । विवाहको जन्ती लिएर फाक्सिव गाविसबाट भेडेटारतर्फ तर्फ जादै गरेको को १ च ८१८ नं. को भ्यान सडकमा पल्टँदा भेडेटार गाविसका सुनील मगर, विक्रम मगर र मिलन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीपराज राजभण्डारीले जानकारी दिए । तीनैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको स्थिति गम्भीर छ । घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।