धरान/हालै निर्वाचित नेवार एकता समाज धरान, महिला समितिको सोमबार पदस्थापन गरिएको छ । सिद्धिनेवा परिषद्को सभाहलमा सम्पन्न पदस्थापनको अवसरमा दुईजना खेलाडीहरुलाई सम्मानित गरिएको छ । युवा खेलाडीद्वय सैव श्रेष्ठ र रिया कर्मचार्यलाई सम्मान पत्रले सम्मानित गरिएको हो । श्रेष्ठले वेष्ट बंगालमा सम्पन्न इन्टरनेशनल करातेमा गोल्ड मेडल प्राप्त गरेका थिए भने कर्मचार्य हालै काठमाडौंमा सम्पन्न राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा तेस्रो बनेकी थिइन् । त्यस्तै बचत तथा ऋण सहकारी संघको जिल्ला अध्यक्षमा निर्वाचित शिवराज श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानित गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि धुलिखेल समाजका केन्द्रीय अध्यक्ष देवमन्दिल खोजू श्रेष्ठ, कार्यक्रमका अध्यक्ष विशाल श्रेष्ठ, संस्थापक अध्यक्ष एवं संरक्षक राजेशमान श्रेष्ठले सम्मानितहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा संयोजक इन्दू श्रेष्ठ, सह संयोजक सुदेशना प्रधान, सचिव धनकुमारी श्रेष्ठ, सह सचिव सलमा जोसी, र कोषाध्यक्ष लक्ष्मी शाक्य लगायत सदस्यहरु अम्बिकादेवी श्रेष्ठ, बालकुमारी ताम्राकार, मुना पलिखे, अम्बिका श्रेष्ठ, मनुषा श्रेष्ठ, र सुनिता प्रधानलाई पदस्थापन गरिएको हो ।