धरान/एप्लाष्टिक एनिमिया रोगबाट ग्रसित धरान–३ की नइसा शाक्यलाई विलिङ्क क्रिउले आर्थिक सहयोग गरेको छ ।
[caption id="attachment_23844" align="alignnone" width="1024"]

ब्लड क्यान्सर पीडित नइसा शाक्यको पिता नरेशलाई रकम हस्तान्तरण गर्दै विलिङ्कका संयोजक अमित राई । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
क्रिउले पुष २९ गते प्रथम यलम्बर साँझ सांगीतिक कार्यक्रमबाट संकलित रकम सोमबार कार्यक्रम गर्दै ५५ हजार पाँचसय ५५ रुपैया आर्थिक सहयोग गरेको हो । क्रिउले नइसा शाक्य बचाउ अभियान स्वरुप कार्यक्रम गरेको कार्यक्रम संयोजक एवं क्रिउका सदस्य अमित राईले बताए । सांगीतिक कार्यक्रमबाट ५० हजार रुपैया संकलन भएको थियो भने बाँकी रकम सदस्यहरुबाट संकलन गरेर आर्थिक सहयोग गरेको उनले बताए ।
क्रिउमा १५ जना भन्दा बढी सदस्यहरु छन् । एकवर्ष अघि स्थापित संस्थाले विभिन्न सामाजिक कार्यमा हात हालेको छ । साँझबाट संकलित रकम नइसाका पिता नरेश शाक्यलाई संयोजक राईले हस्तान्तरण गरेका थिए । शाक्यको उपचारमा करिव १२ लाख रुपैया खर्च भइसकेको शाक्यले बताए । नइसा शिक्षा निकेतन उच्चमाविमा कक्षा १० मा अध्ययरत थिइन् भने उनलाई दुई महिना अघि उक्त रोग देखा परेको पिता नरेशले बताए ।
हाल देशविदेशबाट करिव २१ लाख रुपैया सहयोग प्राप्त भइसकेको उनले बताए । उनी परम्परागत धातुको भाडाकुडा बनाउने काम गर्छन् । जसले पारिवारिक खर्च धान्नसमेत धौ–धौँ पर्ने गरेको उनले बताए । क्रिउले फेसबुकमार्फत् जानकारी पाएपछि सांगीतिक कार्यक्रम गर्दै सहयोग संकलन गरेको संयोजक राईले बताए । चिकित्सकहरुले तीन महिनासम्म औषधिमार्फत् उपचार गर्नु पर्ने बताएकोले कति खर्च लाग्ने अनुमान गर्न नसकिएको पिता नरेशले बताए ।