तरहरा/कम्प्युटर प्रणालीअन्तर्गत केन्द्रीय कार्यालयबाट जोडिएको सर्भर नचल्दा यातायात कार्यालयमा सयौँ सर्वसाधारण सेवाग्राही मारमा परेका छन् । लाइसेन्स (सवारी चालक अनुमति पत्र) लिन तथा नवीकरण गर्न यातायात कार्यालय पुग्ने सेवाग्राही त्यसै फर्कने गरेका छन् ।कोशी अञ्चल यातायात कार्यालयअन्तर्गत लाइसेन्स कार्यालयमा पुग्नेहरूलाई कर्मचारीले सर्भर नचलेको भन्दै फर्काउने गरेका छन् । केही महिनायता सर्भर राम्ररी नचल्दा यो शाखाबाट हुने सम्पूर्ण काम प्रभावित हुन पुगेको हो ।
लाइसेन्स लिन सङ्खुवासभाबाट आएका शिव शेर्पाले सर्भरकै कारण आपूmहरूले बारम्बार दुःख पाउनुपरेको गुनासो गरे । उनले बल्ल–बल्ल ट्रायलमा पास भए पनि एक महिना बित्न लाग्दासमेत लाइसेन्स नपाएको गुनासो गरे । उनले यो सरकारको गैरजिम्मेवारी भएको आरोप लगाए । इटहरी–२५, तरहरा जब्दीका विनम पुरीको गुनासो पनि यस्तै छ । लाइसेन्स बनाएर विदेश जाने तयारी गरेको भए पनि लाइसेन्स नबन्दा आपूm समस्यामा परेको उनको भनाइ छ । सर्भरको विकल्प खोज्न उनको आग्रह छ ।शाखा प्रमुख श्याम सिंहले पनि सर्भरका कारण सर्वसाधारणले दैनिक दुःख पाइरहेको स्वीकार गरे ।
उनले भने, ‘तर यो हाम्रो कारणले हैन ।’ यातायात विभागको सर्भरले लामो समयदेखि काम नगर्दा समस्या हुन पुगेको भन्दै उनले अभैm केही दिन समस्या हुने बताए । कार्यालयमा प्राविधिक कर्मचारीहरूको समेत अभाव भएको कार्यालयले जनाएको छ । सेवाग्राहीको चाप दिनानुदिन बढिरहेको भए पनि विविध कारणले समस्या भइरहेको कार्यालयले बताएको छ ।