पथरी/मोरङको पथरीशनिश्चरे नगरपालिकाले तेस्रो परिषद्बाट पारित योजना, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत विनोदकुमार भण्डारीले शुक्रबार आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि १९ करोड १२ लाख १३ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरे ।

गत वर्षको तुलनामा चालू आव २०७३÷७४ मा आन्तरिक आयतर्फ ७.६८, चालू खर्चतर्पm ११.४७ र पूँजीगत खर्चतर्पm १३८.८ प्रतिशतले वृद्धि हुने भएको छ ।नगरपालिकाले पुरानै योजनाहरूलाई प्राथमिकताका साथ समेटेको छ । यस वर्ष नगरपालिकाको फोहोर व्यवस्थापन, नगर प्रोफाइल, आधारभूत स्वास्थ्य सेवा, पिछडिएका वडा र बस्तीहरूको स्तरोन्नति, जनसहभागितामा आधारित विकास कार्य, बालमैत्री नगरपालिका घोषणा, पहिचानको रूपमा रहेको भुल्के जालपादेवी सिमसार क्षेत्र तथा रत्नपार्क क्षेत्र संरक्षण, नगरपालिकाको स्वामित्वमा रहेको शान्ति मिनी मार्केट, पूर्व–पश्चिम लोकमार्गका दाँया–बायाँका नाला, आदिवासी जनजाति, महिला, दलित, अपाङ्ग, ज्येष्ठ नागरिक, बालबालिकाका अधिकार रक्षा, नगरपालिकाका मुख्य चोकहरूमा सौर्यबत्ती जडान, प्लाष्टिक मुक्त नगरलगायतका कार्यक्रम समावेश गरिएका छन् ।

नगरपालिकाको हितमा काम गरेको भन्दै नगरपालिकाले सोही अवसरमा आधा दर्जन व्यक्तिŒवलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरूमा पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनकुमार तामाङ, पथरी नगर अध्यक्ष परशुराम कार्की छन् । नगरपालिकाका उत्कृष्ट कर्मचारीका रूपमा कार्यालय सहयोगी शान्ति बराल, कर्मचारी बलबहादुर बस्नेत र लेखापाल मिनबहादुर ठकुरीलाई पनि नगद १५ हजारसहित प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको छ । कार्यक्रममा राजनीतिक दल तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिले बजेटको प्रशंसा गरेका थिए । प्रमुख अतिथिसमेत रहेका मोरङ–२ का सभासद् चण्डिप्रसाद राईले नगरको विकासमा आपूm पछि नहट्ने बताए । कार्यक्रमको अध्यक्षता नगर विकास समितिका अध्यक्ष परशुराम कार्कीले गरेका थिए भने सञ्चालन मिनबहादुर ठकुरीले गरेका थिए ।