चतरा/ चतरा–उदयपुर सडकखण्डमा सिण्डिकेट चलाउनेहरूले सडकमा दावी गरिरहेको समस्याका विषयमा पूर्वमन्त्रीसमेत रहेका सभासद् भीम आचार्यले चासो देखाएका छन् ।
वराहक्षेत्र गाउँ परिषद्को निर्णय सार्वजनिक कार्यक्रममा शुक्रबार बोल्दै आचार्यले सिण्डिकेटका नाममा सडक कब्जा गर्नु अवैधानिक रहेको बताए । उनले सोही क्षेत्रबाट निर्वाचन जितेका हुन् ।यातायात व्यवसायीका नाममा स्थापित सङ्घ–संस्थाले सडक कब्जा गर्नु गैरकानूनी भएको बताउँदै आचार्यले स्थानीय प्रशासनको समेत सहयोगमा सिण्डिकेट प्रथाको अन्त्यका लागि जनतालाई पहल गर्न आग्रहसमेत गरे ।
त्यस क्रममा स्थानिय वक्ताहरूले सिण्डिकेटका नाममा सडक कब्जा गर्नेविरूद्ध जनता प्रतिकारमा उत्रिनुपर्ने अवस्था आएको भन्दै वराहक्षेत्रमा एउटा व्यवस्थित बसपार्कको आवश्यकता रहेको औँल्याए ।