विराटनगर/ विराटनगर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७३÷०७४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको ३३ औं नगर परिषद्का क्रममा आगामी वर्ष सञ्चालन हुने योजना तथा बजेट बिहीबार सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगूले औपचारिकरुपमा सार्वजनिक गरेका हुन् ।

उपमहानगरपालिकाले १ अर्ब ८९ करोड ६३ लाख ६१ हजार रुपैयाँको अनुमानित आय–व्यय पनि सार्वजनिक गरेको छ ।उपमहानगरपालिकाले विराटनगरमा सञ्चालित नगरपालिकातर्पm ८४ करोड ६३ लाख ६१ हजार रुपैयाँ र मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना अन्तर्गत एक अर्ब र क्षेत्रीय शहरी विकास परियोजनातर्पm ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।उपमहानगरले यसपटक भौतिक पूर्वाधार विकासमा जोड दिएर बजेट विनियोजन गरेको छ । नगरपालिकातर्पm अनुमान गरिएको आम्दानीमध्ये चालू खर्चतर्पm १७ करोड ४५ लाख विनियोजन गरिएको छ भने भौतिक पूर्वाधारतर्पm ४४ करोड ९१ लाख रुपैयाँ खर्च हुने गरी रकम छुट्याएको छ । त्यसबाहेक उपमहानगरपालिकामा करीब १५ करोड सामाजिक सुरक्षा भत्ता वितरण हुने अनुमान गरिएको छ । सामाजिक विकास कार्यक्रमतर्पm ४ करोड ७५ लाख रुपैयाँ खर्च हुनेछ भने बालबालिकाका लागि मात्र १ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।गुणस्तरीय ढल, सडक र नाला निर्माण, वातावरणमैत्री फोहोर व्यवस्थापन, सौर्य सडकबत्ती सहितको उज्यालो आदि कार्यक्रमलाई उपमहानगरपालिकाले अघि बढाएको छ । विकास निर्माणतर्पm आधुनिक टर्मिनल बसपार्क, नगरको आफ्नै सिटी बस सञ्चालन गर्ने, दुई वर्षभित्रमा नगरका सबै सडक कालोपत्रे गरिसक्ने, हरियाली पार्क निर्माण गर्ने आदि कार्यक्रम अघि बढाएको कार्यकारी अधिकृत दीपक कोइरालाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै स्थानीय विकास राज्यमन्त्री जवेगूले विकासमा राजनीति नगर्न आग्रह गरे । उनले स्थानीय तहको नेतृत्वका लागि दलहरुबीच प्रतिस्पर्धा हुने भएपनि त्यस ठाउँको विकासमा सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनले स्थानीय वा केन्द्र जहाँसुकैपनि दलहरु एक नभएसम्म विकासले गति नलिने भएकोले राजनीतिक स्थायित्व र दलीय एकताका लागि नागरिकहरुले घच्घच्याउनु पर्ने बताए । उनले विराटनगरले दलीय सहमतिमा अघि बढाएका हरेक प्रस्ताव र योजनालाई अघि बढाउन पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।कार्यक्रममा बोल्दै सांसद अमनलाल मोदीले विराटनगरको विकासका लागि सहकार्य गर्न आपूm र आप्mनो दल तत्पर रहेको बताए । उनले विराटनगरलाई सङ्घीय प्रदेशको राजधानी बनाउनेदेखि फोहोरमैला व्यवस्थापन तथा विकासका अन्य योजनाहरु अघि बढाउन नीति निर्माण गर्ने तथा कार्यान्वयन गर्ने निकायहरुसँग सदैव समन्वय र पहल अघि बढाइरहने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्र विराटनगरका संयोजक नमिता न्यौपाने, नेकपा एमालेका नगर प्रतिनिधि सागर थापा, नेपाली काङ्ग्रेस विराटनगरका सभापति भीम पराजुली, पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्ट, प्रमुख जिल्ला अधिकारी लगायतले बोेलेका थिए । उत्कृष्ट सहभागिता र समन्वय विराटनगर उपमहानगरपालिकाले नगर परिषद्मा धेरै समयपछि सबै पक्षलाई सम्बोधन गर्दै उल्लेख्य सहभागिता जनाउन सफल भएको छ । विगतमा निराशाजनक सहभागिता देखिने नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा यसपटक खचाखच र भरिभराउ देखिएको थियो ।नगरपालिकाले योजना तर्जुमा गर्दा र परिषद्बाट निर्णय लिनुअघि समाजका विविध पक्षहरुसँग पर्याप्त परामर्श गरिएकोले पनि कार्यक्रममा उल्लेख्य सहभागिता भएको कार्यालयले जानकारी दिएको छ । विगतमा वडाहरुबाट छानिएर आएका योजनाहरुमा व्यापक फेरबदल गर्ने र विभिन्न पक्षको दबाव र प्रभावबाट प्रभावित भएर योजनाहरु बन्ने गरेकोमा यसपटक सबै क्षेत्रलाई समेट्ने गरी योजनाहरु वितरण गर्न सकेको बताइएको छ । जसले गर्दा कार्यक्रममा उल्लेख्य सहभागिता जुटेको थियो ।