धरान/‘धरान सडक उत्सव–२०७३’ को १३ औँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक होटल एसोसिएसन अफ धरानले शुक्रबार पत्रकार सम्मेलन गर्दै माघ ८ गतेदेखि तीन दिनसम्म उत्सव लाग्ने बताएको हो ।उत्सवमा यसपटक सयवटा स्टलहरू रहने छन् जसमध्ये ६० वटामा खानाका परिकारहरू हुने छन् भने १० वटामा जातीय परिकारहरू रहने छन् ।

सेवाप्रदायक संस्थाका ६ वटा स्टलहरू रहने उत्सव मूल आयोजक समितिका संंयोजक श्याम पोखरेलले बताए । २५ वटा स्टल विभिन्न सङ्घ–संस्था तथा कम्पनीहरूलाई निःशुल्करूपमा प्रदान गरिने छ ।उत्सवमा यसपटक प्याराग्लाइडिङ, ¥याफटिङ, जङ्गल सफारी र फुटसलले विशेष प्याकेज दिने भएको छ । धरान–१२ स्थित चतरालाइनमा हुन लागेको उत्सवमा निःशुल्क स्वास्थ्य परीक्षणको स्टलसमेत रहने एसोसिएसनका अध्यक्ष सुवर्ण श्रेष्ठले बताए ।

उनका अनुसार तीन दिनमा करीब एक करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ । यसका लागि साढे ३१ लाख रुपैयाँ खर्च हुने अनुमानित बजेटसमेत सार्वजनिक गरिएको छ ।धरानका होटल रेस्टुरेन्ट एवम् धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्नु सडक उत्सवको मुख्य उद्देश्य भएको आयोजकको भनाइ छ । सधैँभैmँ यस वर्ष पनि साइक्लिङ, रस्सीतान र म्याराथुन दौड प्रतियोगिताहरू हुने संयोजक पोखरेलले बताए । उत्सवको उद्घाटन नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले गर्ने कार्यक्रम छ ।

तीन दिनको उत्सवमा प्याराग्लाइडिङले ४५ सय रुपैयाँमा सेवा प्रदान गर्ने भएको छ । त्यस्तै जङ्गल सफारीका लागि ३ हजार र ¥याप्mटिङमा २५ सय रुपैयाँ लाग्ने बताइएको छ । फुटसलमा एक टीमका लागि एक हजार रुपैयाँमा विशेष प्याकेजको व्यवस्था गरिने छ ।