इटहरी / यौनधन्दामा संलग्न भएकोे अभियोगमा इटहरी प्रहरीले पाँच जना युवा र तीन जना युवतीलाई पक्राउ गरेको छ । नियन्त्रणमा लिइएका पूरुष भारतीय नागरिक भएको प्रहरीले जनाएको छ ।
इटहरीको सुविधा गेष्ट हाउँसबाट महोत्तरी लक्ष्मीनिया वडा नं. २ का दिनेशकुमार यादव, सुनसरी धरान घर भई हाल दार्जेलिङ् बस्ने रविन विश्वकर्मा, दार्जेलिङ्कै चन्द्र प्रसाद, राजकुमार प्रसाद र समित अग्रवाललाई नियन्त्रणमा लिइएको इटहरी प्रहरीले जनाएको छ । यसै गरी तीन जना युवतीलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका आठै जनालाई विहीबार प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए । इटहरीमा यौन धन्दा मौलाउँदै गए पछि प्रहरीले क्याविन–रेष्टुरेन्टसँगै होटलहरुमा कडाई गदैं आएको छ । पछिल्लो समय भारतीय ग्राहकलाई बोलाई युवतीहरुले यौन धन्दा चलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।