इटहरी/ सुनसरीको दुहवीस्थित मनास्लु बोर्डिङ स्कुलका सञ्चालक शंकर थापाको घरमा सहयोगीको रुपमा कार्यरत पवित्रा विष्टको हत्याको विषयमा सत्य तथ्य छानविन गर्न सुनसरी प्याव्सनले माग गरेको छ । सुनसरी प्याव्सनका अध्यक्ष सुमित थापाले विहिबार विज्ञप्ति निकाल्दै घटनाको सत्य तथ्य छानविन गर्न माग गरेका हुन् ।
सो घटनामा संलग्न भएको आंशकामा प्रहरीले विद्यालय सञ्चालक शंकर थापालाई नियन्त्रणमा लिएको छ । ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या भएको थियो । प्याब्सन पूर्वाञ्चल क्षेत्रीय सल्लाहाकार तथा सुनसरी प्याबसनका बरिष्ठ सल्लाहकार थापाको घरमा काम गर्न बसेकी बिष्टको गत पुस १४ गते बिहान हत्या भएको प्रहरी प्याबसन सुनसरीले खेद प्रकट प्रकट गरेको छ । प्रहरीले अनुसन्धान गरेको पनि दुई साता वित्दा पनि घटनाबारे सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै वास्तविकता चाँडोभन्दा चाँडो सार्वजनिक गर्न प्रहरीसमक्ष माग गरिएको छ ।
साथैं शंकर थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र त्यस घटनाको सत्य तथ्य भने अहिले सम्म बाहिर नआएको भन्दै अनुसन्धान दायरालाई फराकिलो पार्न समेत प्याव्सन सुनसरीले माग गरेको छ । प्रहरीको अनुसन्धान एकपक्षीय र व्यक्ति केन्द्रित मात्र भएको भन्दै अनुसन्धानलाई व्यापक बनाएर दोषी पत्ता लगाउन प्याव्सन सुनसरीले माग गरेको छ । ‘चाँडो भन्दा चाडो अनुशन्धान निचोडमा पुरयाइ पिडितलाई न्याय दिन प्याबसन सुनसरी माग गर्दछ ।’ अध्यक्ष सुमित थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।