विजयपुर/ धरान उपमहानगरपालीकाले धरान बिमानस्थल निर्माणका बिषयमा स्थानियको धारण बुझ्न मङगलबार सार्बजनिक सुनुवाई गरेको छ । धरान–१७ स्थित सप्तरङ्गी पार्कमा प्रस्ताबित बिमानस्थल निर्माण स्थलका जग्गाधनि र सरोकारवालाहरुसँग राय बुझ्न सार्बजनिक सुनुवाई गरेको हो ।सार्बजनिक सुनुवाइमा बोल्दै स्थानियले बिमानस्थल निर्माण गर्दा जग्गाधनि र सुकुम्बासीहरुलाई न्यायपुर्ण ब्यबस्थापन गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै स्थानिय जग्गा धनि जिबन भट्टराईले डाँडा घोपामा बन्ने बिमानस्थलका लागि यती एण्ड कर्पोरेशनले लिएको जग्गा नेपाल नागरिक उड्यन प्राधिकरणलाई कर्पोरेशनले निशुल्क उपलब्ध गराउनु पर्ने बताए । ‘यदि यतीले निशुल्क उपलब्ध गराउन सक्दैन भने त्यो जग्गा स्थानियलाई सर्त बमोजीम फिर्ता गर्नु पर्छ’ भट्टराईले भने ।
उनले अहिले बिमानस्थल बनाउन प्रस्ताब गरिएको क्षेत्र भन्दा विपी प्रतिष्ठानदेखि दक्षिण क्षेत्रमा रहेको जग्गालाई उपयोग गर्न सकिनेपनि स्ुझाब दिए । अर्का बक्ता गजेन्द्र मुखियाले धरानमा बिमानस्थल अति आबश्यक भएको भन्दै त्यसका लागि आफुहरु सहयोग गर्न तयार रहेको बताए । आदिबासी जनजाती महासघं सुनसरीका पुर्व सचिब समेत रहेका उनले बिमान स्थलको प्रस्ताबित क्षेत्र क्षेउमा रहेको बिभिन्न जातीहरुको धार्मिक तथा सांस्कृतीक बन समते रहेकाले त्यसलाई असर नपुग्ने गरि योजना अगाडि बढाउन सुझाब दिए । धरानमा अब बन्ने बिमानस्थल प्रदेश स्तरको हुनु पर्ने भन्दै उनले प्रदेशको मुख्य बिमान स्थलको रुपमा बिकाश गर्ने गरि योजना अगाडि बढाउन र बिकल्प खोज्न सुझाब दिए ।कार्यक्रममा बोल्दै स्थानियबासी सम्झना बिकले सुकुम्बासीहरुको न्यायोचित ब्यबस्थापन गरेर मात्र योजना अगाडि बढाउन माग गरिन ।स्थानिय चेतराज राईले नम्मरी जग्गा हुने र ऐलानी जग्गाहुनेहरुर्लाइ उचित क्षतिपुर्तीको ब्यबस्था गरेर मात्र योजना अगाडि बढाउन सुभाmब दिए ।बिमानस्थल निर्माण प्रकृयाको निर्णायक तहमा स्थानियहरुको अनिबार्य सहभागिता गराउन उनले माग गरे ।नेपाल बसोबास बस्ती संम्रक्षण समाज धरानका सचिब सुवास राईले धरानको बिकाशका सुकुम्बासीहरुले निरन्तर सहयोग गरिरहेको भन्दै बिमानस्थल निर्माण गर्ने कुरामा पनि सहयोग गर्ने बताए ।
‘हामी बिमानस्थल निर्माणमा सहयोग गर्न तयार छौ तर त्यहाँ आसपासमा रहेका सुकुम्बासीहरुको न्यायोचित ब्यबस्थापन हुनुपर्ने हाम्रो सर्त छ’ उनले भने ।जग्गा धनि युवराज राईले यति एण्ड कर्पोरेशनले आफुहरुको जग्गा फिर्ता गरेपछिमात्र आफुहरु बिमानस्थलका लागि जग्गा दिन तयार हुने बताए । यती एण्ड कर्पोरेशनले सोझै प्राधिकरणलाई जग्गा दिए त्यो हामीलाई अमान्य हुन्छ उनले भने । राजनैतिक दलहरुको प्रतिनिधित्व गदै बोलेका माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा धरानका संयोजक चोत्लुङले बिमानस्थल निर्माण हुने प्रकृया अगाडि बढि सकेको भन्दै कुनैपनि बाहानामा अबरोध नगर्न आग्रह गरे । बिमानस्थल निर्माण हुने प्रस्ताबित क्षेत्रका बासिन्दा र जगगाधनिहरुलाई न्यायोचित ब्यबस्थापन गरेर जान आफुहरु तयार रहेको भन्दै उनले बिमानस्थल बन्नेकुरामा अबरोध भए नेपाल नागरिक उद्ययन प्राधिकरणले बिमानस्थल बनाउन अस्वीकार गर्ने उनले बताए । ‘हामी धरानबासिलाई बिमानस्थल चाहिएको छ,त्यसैले यस कार्यमा सबैको सहयोगको अपेक्षा हामीले गरेका छौं ।’
उनले भने ।सुनुवाइमा बोल्दै धरान उपमहानगरपालीकाका कार्यकारी अधिकृत बिष्णु कोइरालाले बिमानस्थल नेपाल नागरिक उद्ययन प्राधिकरणले निर्माण गर्ने भएकाले आफुहरु जग्गा उपलब्ध गराउन सहजकर्ताको रुपमा मात्र प्रस्तुत भएको बताए ।बिकाश निर्माणका कार्यहरुमा हुने गरेको बिरोधकै कारण धरानमा ठुला आयोजनाहरु हुन नसकेको भन्दै दिर्घकालिन फाइदा हेरेर निर्णय लिन स्थानियलाई आग्रह गरे । ‘कसैको भनाईको पछि लागेर हैन,आफुले सोचेर निर्णय लिन म यहाँहरुलाई आग्रह गर्छु’ अधिकृत कोइरालाले भेन ।डाँडा घोपामा बिमानस्थल बन्ने कुरामा बिरोध र अबरोध आए धरानमा बिमानस्थल नबन्ने बताए ।
उनले स्थानिय जग्गाधनि,सुकुम्बासीहरुको सहमतीमा मात्र योजना अगाडि बढाउने पक्षमा रहेको भन्दै उनले कुनैपनि बस्तीमा डोजर नचलाउने र नम्मरी जग्गाका जग्गाधनिहरुको उचित ब्यबसस्थापन गरिने उनले बताए । स्मरण रहोस धरानमा बिमानस्थल निर्माण गर्ने प्रकृया अगाडि बढि सकेको छ ।बिमानस्थल निर्माण गर्ने प्रकृया थाल्नका लागि सरकारले यसै बर्ष डेड करोड रुपैया नागरिक उड्यन प्राधिकरणलाई उपलब्ध गराई सकेको छ । अहिले धरान ११ र १७को बिचमा पर्ने डाँडा घोपामा बिमानस्थल निर्माण गर्न प्रकृया अगाडि बढाईएको छ ।