इटहरी/  इटहरी–१५ स्थित एकम्वाका भवेश चौधरी गोली प्रहारबाट घाइते भएका छन् । इलाका प्रहरी कार्यालय पकलीका अनुसार स्थानीय २४ वर्षीय भवेश चौधरी गोली प्रहरबाट घाइते भएका हुन् । उनको धरानस्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गोली प्रहारमा संलग्न भएको आशंकमा प्रहरीले दुई जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । अनुसन्धानमा बाधा हुने भन्दै पक्राउ परेको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । उक्त घटना शनिबार साँझ भएको हो । गोली कस्ले र के कारणले हानेको हो भन्ने एकिन भइ नसकेको प्रहरीले जनाएको छ । घटनाका बारेमा प्रहरीको पूर्व क्षेत्रीय प्रहरी कार्यालय अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक शान्तिराम कार्कीले जानकारी दिए । प्रहरी श्रोतको अनुसार पकलीस्थित नहड डिलमा शनिबार साँझ केही युवाहरु बीच विवाद समेत भएको थियो । सोही समयमा गोली चलेको बताइएको छ ।