विजयपुर/धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि सोमबार १ अर्ब ८७ लाख ७२ हजार रुपैयाँको कुल बजेट सार्वजनिक गरेको छ ।नगर परिषद्मार्पmत् सार्वजनिक गरिएको बजेट अघिल्लो वर्षको भन्दा ५ करोड २३ लाख ४३ हजार ८ सय ५० रुपैयाँ बढी छ । उपमहानगरका दीर्घकालीन योजनाहरूलाई निरन्तरता दिँदै २० वटा नयाँ योजनाहरूसहितको बजेट सार्वजनिक गरिएको हो ।
बजेटमा चालू रहेको शहरी विकास आयोजनाअन्तगर्तको ४० करोडसमेत गाभिएको छ ।उमनपाका अनुसार आर्थिक वर्ष २०७४÷७५ का लागि चालू खर्चतर्पm ९ करोड ४२ लाख ३५ हजार २ सय छ भने पूँजीगत खर्चतर्पm ९१ करोड ४५ लाख ३६ हजार ८ सय रुपैयाँ छ ।क्रमागत तथा विकासका २० वटा दीर्घकालीन नयाँ योजनाहरू थाल्ने निर्णय परिषद्ले गरेको कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले जनाए । बजेटमा धरानका समग्र विषयलाई समेट्न खोजिएको उनले बताए । कार्यक्रममा उत्कृष्ट करदाताका रुपमा डा. खालिद हुसैन हक र भिएस प्रोपर्टिज प्रालिलाई सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यालयमा लामो समय सेवा दिएर अवकाश पाएका चारजना कर्मचारीलाई सम्मान गर्दै विदाइ गरिएको थियो ।१२ जना उत्कृष्ट कर्मचारीलाई पनि जनही ५ हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगूको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै राज्यमन्त्री जवेगूले धरानको आन्तरिक आय कमजोर भएको भन्दै यसलाई सुधार गर्न सुझाव दिए । धरानको समग्र विकासका लागि सहयोग गर्न आपूm प्रतिबद्ध रहेको उनले बताए ।