banda बासवारी (मोरगं) मोरगंको बासवारीमा आईतवार राती पट्रोल पम्पमा चोर लाग्न आएका डाकाहरुको आक्रमणको कारण स्थानीय धनबहादुर गुरुङ सिकिस्त घाईते भएका छन । आईतवार राती करीब १२ वजे तिर कृष्ण आयल टे«डसमा चोरहरु आएर ढोका खोल्न भन्दै तोडफोड गरेका थिए । पम्पमा वसेका पुष्प सिंग्देलले हारगुहार गरे पछि भेला भएका गाउँलेहरु समेत चोरहरुले कुटपिट गरेका थिए ।

चोर खेद्न आएका पम्प नजिकैका स्थानीय पूर्व आर्मी धनबहादुर गुरुङ माथी चिल्पट प्रहार भएको हो । उनी अहिले विराटनगर स्थित न्युरो अस्पतालको आईसियुमा छन । पम्पमा वस्दै आएका सिंग्देलले प्रहरीलाई खवर गरे पनि झण्डै एक घण्टा सम्म प्रहरी नआउँदा घट्ना घटेको भन्दै सर्वसाधरणले सोमवार करीब ४ घण्टा चक्का जाम गरेका थिए । पम्पमा वस्दै आएका सिंग्देलले भने डाकाहरुले फलामको गेट सम्म फुटाउँन थाले पछि आफु पम्पको छतमथि वसेर होहल्ला गरे पछि गाउँलेहरु भेला भएको उनको भनाई छ । उनीहरुले लुट्ने मात्र हैन मलाई पनि मार्ने सक्थे सिग्देलले भने ।

सिंग्देलका अनुसार राती झण्डै आधा घण्टा चोर र स्थानीय विच झडप भएको थियो । चोर सँग भिडेर घर जाने क्रममा गुरुङलाई झापा घर वताउँने भुपेन्द्र गिरीले चिल्पट प्रहार गरेको पिडितलाई उदृत गर्दै प्रहरीले बताएको छ । गिरी पनि धरान स्थित विपि कोईराला विज्ञान प्रतिष्ठानमा उपचाररत छन । चोरलाई स्थानीयले पक्राउ गरे पनि इलाका प्रहरी कार्यलयका इन्स्पेक्टर मेगराज थापाले उल्टै स्थानीयवासीलाई तथानाम गाली गरेको भन्दै चक्काजाम गरेको स्थानीय बासि सुवित घिमिरेले वताए ।प्रहरीले शान्तीसुरक्षामा ध्यान दिनु पर्ने,प्रहरी विट स्थापना गरीनु पर्ने ,घाईतेलाई क्षतीपूर्ती सहित उपचार हुनु पर्ने जस्ता माग राखेर चक्काजाम गरेका स्थानियले माग पुरा हुने आश्वासन पाएपछि चक्काजाम खोलेका थिए ।

यता इलाका प्रहरी कार्यलय वेलवारीका इन्स्पेक्टर मेगराज थापाले भने राती चाडै प्रहरी आउँन समस्या भएको स्वीकार गरे । भिड साम्य हुन नसके पछि जिल्ला प्रहरी कार्यलय मोरगंका डिएसपी पवन भट्टराई र वडा प्रहरी कार्यलय विराटनगरका डिएसपी सञ्जयसिंह थापा सहितको टोलीले वार्ता मिलाएको हो । यता कृष्ण आयलका सञ्चालक भिम पौडलेले भने आफ्नो पम्पबाट पैसा नलुटिएको वताए । तर चोरहरुले गाउँलेहरुलाई मरशान्न हुने गरी कुटपिट गरेको वताए । यता उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीले पनि शान्तीसुरक्षा कडा वनाउँने र दोशीलाई कडा कार्वार्ही गर्ने सहमती सहित वार्ता मिलेर चक्का जाम खोलिएको वताए ।