इटहरी/ चोरको आक्रमणबाट मंगलबार राती सुन्दरदुलारीमा धनबहादुर गुरुङ गम्भीर घाइते भए पनि प्रहरीले सुरक्षा दिन नसकेको भन्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग अन्तरगत सुन्दरदुलारीको बाँसबारीमा यातायात अवरुद्ध गरेका छन् । विहान साडे ८ बजेदेखि स्थानीयले यातायात अवरुद्ध पारेका हुन् । उनीहरु प्रहरीविरुद्ध निकै आक्रामक देखिएका छन् ।
बन्दकर्ताले एक प्रहरीको गाडीलाई समेत तोडफोडको प्रयास गरेका थिए । प्रहरीमाथि आक्रमणको प्रयास हुन थाले पछि थप प्रहरी परिचालन गरिएको छ ।आइतबार राती बाँसबारीमा रहेको कृष्ण पेट्रोल पम्पमा दुई जनाको समुह चोरी गर्न आएको र पम्पका कर्मचारीले हल्ला गरे पछि बाटो उत्तर घर भएका गुरुङ दम्पत्ती सहित स्थानीय चोर खेदाउन बाटामा निस्किएका थिए । चोर खेदाउने क्रममा चोरले हानेको चिर्पट लागेर ५७ वर्षीय धनबहादुर गुरुङ गम्भी घाइते भएका छन् ।
https://youtu.be/JD0WkMxKNu8उनको विराटनगर स्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको बताइएको छ । स्थानीयको कुटाइबाट एक जना चोर पनि घाइते भएका छन् । उनको धरानस्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुइ जना चोर शरीरमा मोविल दलेर रिक्सामा आएको पनि स्थानीले बताएका छन् ।यता इलाका प्रहरी कार्यलय वेलवारीका इन्स्पेक्टर मेगराज थापाले भने राती चाडै प्रहरी आउँन समस्या भएको स्वीकार गरे । तर पक्राउ परेको डाकालाई कुटपिट गर्ने हुन्न मात्र आफुले भनेको भन्दै उनले डाकाहरु खेज्ने काम भईरहेको वताएका छन । तर सर्वसाधरणहरुले भने प्रहरीको कमजोरीको कारण डाकाहरुले फाईदा उठाएको भन्दै प्रहरीलाई कार्वार्हीको माग गरेका छन ।
तस्विर तथा भिडियो -बाबुराम सुबेदी/ ब्लाष्टखबर