नवलपरासी/भैरहवा–भुमही सडक खण्ड अन्तर्गत नवलपरासीको हकुईमा आज भएको दुर्घटनामा परी १ बालकको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी करिब १० वर्षीय बालक बाल बिकास सहानीकोे मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्ना आमा बाबुसंग लु २ प ७४६४ नम्बरको मोटरसाईकलमा सवार बालकको परासीदेखि भैरहंवा तर्फ जादै गरको एच आर ५५ डब्लु ५९७४ नम्बरको भारतीय ट्रकले ठक्कर दिदा दुर्घटनामा परी मृत्यु भएको हो । दुर्घटनामा परी बालकका हकुई ८ निवासी बुवा बाजे सहानी र आमा कुन्ती सहानी गम्भीर घाईत्ते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाईत्ते आमा बुवाको परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भईरहेको छ भने उनिहरुको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । रासस