धरान/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशलाई माइती भन्दै संविधान संसोधनलाई थाती राखेर जर्वजस्ती चुनावमा जान खोजेको तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले चुनावको विरोध गरेका छन् । mahantha thakur ‘प्रचण्डले मधेश माइती हो भन्ने अनी संसोधन विधेयक थाती राखेर चुनाव गराउन खोज्ने नियत देखियो ।’ ठाकुरले पार्टीको ९ औं वार्षिक उत्सको अवसमा विजुली बजारमा आयोजित कार्यक्रममा भने । अध्यक्ष ठाकूरले संविधान संशोधनलाई वेवस्ता गरेर चुनावमा गए आफूहरुलाई स्विकार्य नहुने बताएका हुन् । उनले सरकाले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाए । सरकारले मधेसका मुद्दा फिर्ता लिन्छु भनेको भएपनि अझैसम्म फिर्ता नलिएको बताए ।